विर्तामोड । एमाओवादी झापा पार्टी अन्तरगत रहेको कृषि उत्पादन, पर्यावरण तथा पर्यटन प्रवद्र्धन विभाग गठन भएको छ ।
लक्ष्मी न्यौपाने संयोजक रहेको १५ सदस्यीय विभाग गठन भएको हो । सदस्यमा सुरेन्द्र अधिकारी, पुण्य ढकाल, मेदनी शिवाकोटी, राजन चिमरिया, राजेन्द्र योङ्हाङ, लेखनाथ अधिकारी, डेगनाथ गुरागाईं र शङ्कर सेढाईं छन् ।
बुधवार विर्तामोडमा आयोजित एक अन्तरव्रिmया कार्यक्रमका बिच समिति गरिएको हो । अन्तरव्रिmयामा सहभागीले राज्यले ल्याएको कृषि नीति कार्यक्रम प्रभावकारी नभएको गुनासो गरे । उनीहरुले कृषि उद्योग सञ्चालनमा समस्या रहेकाले राज्यले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।
लक्ष्मी न्यौपानेको अध्यक्षमा भएको कार्यव्रmममा एमाओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, एमाओवादी झापाका कार्यवाहक अध्यक्ष राजु आचार्य, जिल्ला नेताहरु हंसलाल राजवंशी, भूमिका कार्की, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष रामकुमार पौडेल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमल्सेना लगायतले बोलेका थिए ।