पल्लाभारी भएको सन्देश दिदै नेकपा–राप्रपा प्यानलद्वारा उम्मेद्वारी दर्ता

  प्रकाशित मिति
६ फाल्गुन २०७७, बिहीबार २१:०३


। बिजय बराल ।।
विर्तामोड, ६ फागुन । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा नेकपाले मुख्य व्यापारिक केन्द्र विर्तामोडको व्यावसायिक चुनावमा कायम राखेको एकताले मुलुकभर सकारात्मक सन्देश प्रवाहित गरेको छ ।

नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत गठबन्धनमा सामेल गराउन सफल भएपछि यसपटक भने नेकपा–राप्रपा प्यानलको पल्ला भारी भएको व्यवसायीहरु बताउँछन् ।

बिगतदेखि नै वाणिज्य संघलगायत विर्तामोडको चुनावहरुमा राप्रपा निर्णायक तेस्रो शक्तिको रुपमा रहँदै आएको छ । त्यो निर्णायक शक्तिको मदत यसपाली नेकपाले पाएको छ ।

जसको कारण यो चुनाव अघिल्लो चुनाव भन्दा रोचक हुने कुरामा ब्यवसायीबीच चर्चा हुन थालेको छ ।

आज उद्योग बाणिज्य संघको अफिसमा दुवै प्यानलका घोषित उम्मेदवारले नाम दर्ता गराएका छन् ।

ब्यानरसहित नेकपा राप्रपा समूहले हर्षोल्लासका साथ आज उम्मेद्वारी दर्ता गराए । पदाधिकारीहरुलाई १५ हजार र सदस्यलाई १० हजार मनोनयन दर्ता रकम बाणिज्य संघले तोकेको थियो ।

आम व्यवसायीले आफ्नो नाम मतदाता लिस्टमा छ कि छैन भनेर क्रम संख्या यकिन गरेका थिए । भित्तामा टाँसिएको नाममा नविकरण गरेका ४५७२ ले भाग लिन पाउने छन् । जसमध्ये ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

यसअघि विर्तामोड खानेपानी समितिको चुनावमा कांगे्रसलाई सघाएर राप्रपाले विजय गराउन सफल भएको थियो । नेकपा समूहमा राप्रपाको सहभागिता हुनुले चुनावलाई तरंगित वनाएको छ ।

शुक्रवारदेखि ब्यापकरुपमा ब्यवसायीका पसलदैलोमा भोट माग्दै जाने र आफ्नो प्रतिवद्धता वुझाउने संयुक्त प्यानलका सुवास भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: