पवित्रा–भेषराज पुरस्कार आदर्शलाई

  प्रकाशित मिति
१७ फाल्गुन २०७३, मंगलवार ११:२७


धुलाबारी । पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान शान्तिनगर–३ ले शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने विद्यालय, शिक्षक, विद्यार्थी उत्कृष्ट अभिभावकलाई सम्मान गरेको छ ।

सोमवार धुलावारीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा आयोजना गरिएको कार्यव्रmममा यसवर्षको उत्कृष्ट विद्यालयको पुरस्कारबाट आदर्श मावि इटाभट्टालाई सम्मान गरिएको छ । जिल्लाकै नमुना विद्यालयका रुपमा रहेको यस विद्यालयलाई नगद ५१ हजार र ताम्रापत्रसहित सम्मान गरिएको हो । उक्त सम्मान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले ग्रहण गरेका थिए ।

यसैगरी वर्ष उत्कृष्ट शिक्षकको रुपमा धुलावारी माविका प्रधानाध्यापक रुद्र कुरुङमाङलाई सम्मान गरियो । उनलाई नगद १५ हजार, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । विषयगत तर्फको उत्कृष्ट शिक्षक पुरस्कारबाट शान्ति आदर्श माविका नेपाली शिक्षक सन्तोष रिजाललाई प्रदान गरिएको छ । उनलाई नगद १५ हजारसहित सम्मान गरिएको हो । खतिवडा परिवारकी जेष्ठ नागरिक सम्मानका रुपमा गङ्गादेवी खतिवडालाई नगद १० हजारसहित पुरस्कृत गरिएको छ ।

यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने कविशिरोमणि माविका अनिस पोखरेल, सोही विद्यालयकी रोजिना घिमिरेलाई जनही १० हजारसहित पुरस्कृत गरिएको छ । उनीहरू दुवैजना धुलावारी माविमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् ।

पुरस्कृत हुने व्यक्तित्व तथा विद्यालयको नाम पुरस्कार छनोट समितिका संयोजक चन्द्र भण्डारीले घोषणा गरेका थिए । २०७० सालमा स्थापना भएको यस प्रतिष्ठानबाट यसअघि शान्ति आदर्श मावि शान्तिनगर, बालकल्याण मावि मेचीनगर र गढिगाउँ मावि शान्तिनगर उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएका थिए ।

झापाको क्षेत्र नं.१ र इलामको इटौँटारलाई आधार बनाएर प्रतिष्ठानले हरेक वर्ष यो पुरस्कार वितरण गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको सभापतित्व तथा नेपाल प्राज्ञ प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा साहित्यकार तथा पत्रकार केदार शर्मा, साहित्यकार तेराख, पुरस्कृत व्यक्ति रुद्र कुरुङमाङ्लगायतले बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले स्वागत गरेको कार्यव्रmमको सञ्चालन सचिव शिरो सान्दाइले गरेका थिए । कार्यव्रmममा वरिष्ठ साहित्यकार, पत्रकार, शिक्षाविद, विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुखलगायत शान्तिनगरबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected].com

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: