पश्चिम बंगालका श्रम मन्त्रीमाथि बम हमला (भिडियो पनि)

  प्रकाशित मिति
६ फाल्गुन २०७७, बिहीबार ०७:५०


झापा, ६ फागुन । भारतको पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसैन बम आक्रमणमा घाइते भएका छन् ।

बीबीसीका अनुसार बुधवार राति १० बजे मुिर्सदाबाद जिल्लाको निमटिटा रेल स्टेसनमा उत्रिएर हिँड्दै गर्दा मन्त्री हुेसनमाथि अज्ञात व्यक्तिले क्रुड बम हानेको थियो ।

हमलामा मन्त्री सहित ७ जना नेता गम्भीर घाइते भएका छन् । मुर्सिदाबाद मेडिकल कलेजमा उनको उपचार भइरहेका बताइएको छ ।

बंगालमा हुन लागेको प्रान्तीय चुनावको सरगर्मी बढिरहेका बेला त्यहाँ भएको हिंसाका घटनामध्ये यो निकै गम्भीर प्रकृतिको भएको बताइएको छ ।

आक्रमणको एउटा भिडियो सार्वजनिक भएको छ । जहाँ मन्त्री हुसैन हिँडिरहेका बेला कार्यकर्ताले जयजयकार गरिरहेको सुनिन्छ । त्यति नै बेला बिजुली चम्किए झैं गरी मन्त्रीमाथि बम पड्किएको ठूलो आवाज सुनिन्छ । त्यहाँ रुवाबासी सुरु भएको सुन्न सकिन्छ ।

आक्रमणका संलग्नको बारेमा केही बताइएको छैन । भारतीय नेताहरुले आक्रमणको निन्दा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: