पसल खुल्ने, सवारी साधनमा जोर–विजोर !

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार २३:०६


झापा । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ गतेदेखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले भने, लकडाउन पुनःव्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापारमा खुकुलो गर्ने भनिएको छ ।’

उनका अनुसार काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरुमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने उनले सुनाए ।

कोभिड–१९ को दोस्रो केस भेटिएपछि सरकारले चैत ११ बाट लकडाउन गरेको थियो । पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दो छ ।

तर साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खुल्न थालेका छन् ।

लकडाउन खुकुलो बनाउन सीसीएमसीले ६ चरणको लुजडाउन प्रस्ताव पनि बनाएको थियो । तर त्यस अनुसार पनि निर्णय नभएको एक मन्त्रीले भने ।

उनले भने, ‘अहिले धेरै कुरा भन्न गाह्रो छ, विहीबार विस्तृतमा सार्वजनिक गर्छौं ।’ (अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: