पहिरोले अरुण थुनियो, कोशीमा उच्च सतर्कता

  प्रकाशित मिति
७ असार २०७७, आईतवार १४:४८


झापा, ७ असार । संखुवासभामा पहिरो खस्दा अरूण नदी आंशिक रूपमा थुनिन पुगेको छ । सप्तकोशीमा ताल फुटेर बाढी आउनसक्ने भएकाले उच्च सतर्कता अपनाउन थालिएको छ ।

आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर २ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रुपमा थुनिएको हो ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले ‘माटोको ढिस्को खसेर आंशिक रुपमा अरुण नदी थुनिएको बताए ।

नदी थुनिन पुग्दा जोखिममा पर्न गएको प्रकाश राईको परिवारलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकेको उनको भनाई छ ।

हिरालाल राई र तिर्थ राईको गोठ पनि जोखिममा पर्न सक्ने देखिएकाले स्थानान्तरण गरिएको बताइएको छ ।

नदी थसनिएर ३०० मिटर अल्गो ताल बनेको अनुमान छ ।

घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ भने सप्तकोशीमा ताल फुटेर बाढी आउनसक्ने भएकाले उच्च सतर्कता अपनाउन थालिएको छ ।

तीन वर्ष अघि संखुवासभाको हटिया स्याक्सिलागोला भन्ने स्थानमा पनि अरुण नदी थुनिएर ताल बनेको थियो । केही समयपछि भल फुटेर ताल बगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: