पहिरो पीडित बराइली परिवारलाई केन्द्रको सहयोग

  प्रकाशित मिति
१६ श्रावण २०७७, शुक्रबार १७:१६


मेचीनगर । महिला जनचेतना केन्द्र मेचीनगरले बुद्धशान्ति गाउँपालिकाका पहिरोबाट विस्थापित बराइली परिवारलाई दश हजार सहयोग गरेको छ ।

बुद्धशान्ति–७ स्थित मोदीडाँडाका पहिरोबाट विस्थापित तेजकुमार बराइलीलाई बिहीवार केन्द्रका पदाधिकारीले घरैमा पुगेर १० हजार नगद सहयोग गरेको हो ।

केन्द्रकी अध्यक्ष भुवन सुब्बा, कार्यकारी प्रमुख राधा प्रधान कार्की, कार्यक्रम संयोजक मणिकुमार लिम्बु, कोषाध्यक्ष लक्ष्मी खनियाँ लगायतका सदस्यहरुको टोलीले पहिरो पीडित घरैमा पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष मातृका पौडेल, बुद्धशान्ति–६,७, १ र २ का प्रशासन प्रमुख मदन कडेल, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार नेवार, वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेल, वडा नम्बर २ का वडाध्यक्ष दिलिपकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।

साउन ६ गते बराइलीको १५ वर्षीय भान्जा विवेक दर्नालको उक्त पहिरोमा परी मृत्यु भएको थियो । पहिरोमा परी बराइली परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: