विर्तामोड । झापाको इतिहासमै पहिलोपल्ट खेलकुद पत्रकारिता सम्बन्धी तालिमको आयोजना भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले समन्वय समितिले विर्तामोडमा शनिवार दुई दिवसीय तालिम सुरु गरेको छ ।
आइतवार समापन हुने सो तालिममा ३५ जनाको सहभागिता रहेको छ । मञ्चका पूर्व अध्यक्ष एवम् नागरिक दैनिक सम्बद्ध पत्रकार अजय फुयँल लगायतले सहभागीलाई प्रशिक्षण प्रदान गर्दै छन् ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले खेलकुद फस्टाउँदै गएको झापामा पत्रकारिता तालिमको आवश्यकता निकै पहिलेदेखि अनुभूति गरिएको बताए ।
उनले भविष्यमा खेलकुद पत्रकारिताको प्रबर्धनका लागि आफु र समितिका तर्फबाट जस्तोसुकै सहयोग दिन तयार रहेको जनाएका छन् ।
मञ्चका झापा अध्यक्ष रमेश समदर्शीको सभापतित्वमा भएको तालिम उद्घाटन अवसरमा मञ्चका सदस्य पर्वत पोर्तेलले स्वागत र झापा जिल्ला फुटवल सङ्घका अध्यक्ष जलकुमार गुरुङ, प्रशिक्षक अजय फुयँल, पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ र फुटवल प्रशिक्षक भगिरथ आले मामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष भेषराज भण्डारी, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती, फोनिज झापाका अध्यक्ष गणेशमान मुखिया लगायतको उपस्थिति रहेको थियो ।