पहिलोपल्ट मेचीनगर–६ मा वडाध्यक्ष कप खेलकुद हुँदै

  प्रकाशित मिति
१२ बैशाख २०७५, बुधबार १३:२४


काँकरभिट्टा । मेचीनगर–६ मा प्रथम वडाध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ ।

वडाध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी खेलकुद सम्बन्धी जानकारी दिइएको छ ।

वडाभित्र रहेका ८ वटा माध्यमिक विद्यालयको सहभागितामा हुने अन्तर विद्यालय खेलकुदमा कराँते, फुटबल र क्रिक्रेटका प्रतिष्पर्धा रहने खेल सञ्चालन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताएका छन् ।

प्रतियोगिता आगामी बैशाख १५ गते सुरु हुने र २२ गते समापन हुने बताइएको छ ।
वडाध्यक्ष ललित तामाङले वडाको खेलकुद विकासका लागि वडाको चालू बजेटबाट कूल ८ लाख विनियोजन गरिएको र वडाध्यक्ष कपका लागि ६ लाख ५० हजार छुट्याइएको जानकारी दिए ।

काँकरभिट्टा माविको मैदानमा फुटबल, तुर्केनी मैदानमा क्रिक्रेट र मेची समादुदायिक भवनमा कराँते प्रतियोगिता हुने भएको छ ।

वडाध्यक्ष कप खेलकुदको आयोजना गर्ने वडा नं. ६ मेचीनगरको पहिलो वडा हो । आगामी वर्ष प्रतियोगितालाई निरन्तरता दिइने नगरपालिकाका खेल संयोजक राजकुमार श्रेष्ठ बताउँछन् ।

पत्रकार सम्मेलनको सञ्चालन खेल सञ्चालन समितिका सदस्य हरि तिम्सिनाले गरेका थिए भने सो अवसरमा क्रिक्रेटका राष्ट्रिय खेलाडी लाक्पा लामा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: