पहिलो पटक नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्‌मा थेरापी

  प्रकाशित मिति
१८ श्रावण २०७७, आईतवार १६:५०


झापा, १८ साउन ।  नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा. मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।”

प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ तर यो थेरापी अन्य देशहरूले पनि गर्दै आएको परिषदले जनाएको छ ।

कोरोनाको संक्रमण भएर विराटनगरका ६० वर्षका पुरुषमा प्लाज्‌मा थेरापी सुरु गरिएको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार आईसीयूमा रहेका ती पुरुषमा पहिलो डोज गत बिहीबारबाट सुरु गरिएको हो । उक्त थेरापी सुरु भएपछि ती विरामीमा सुधार भएको छ । छिटै ती पुरुषलाई आईसीयूबाट जनरल बेडमा सारिँदैछ । पहिलो प्लाज्‌मा लिने पुरुषमा गत साउन १० गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: