काँकडभिट्टामा पहिलो पर्यटकलाई सम्मान

  प्रकाशित मिति
११ आश्विन २०७५, बिहीबार १३:११


भद्रपुर (रासस) । पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ ।
विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकहरुमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेकी छन् भने भारतको आसामका रञ्जन कश्यप रहेका छन् ।

उनीहरुलाई सम्मान स्वरुप झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खादा र अबिर लगाइदिएका थिए । सो अवसरमा महिला पर्यटकलाई हरियो पोते र पुरुष पर्यटकलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

थाई पर्यटक चाचना सिनपुरुले भगवान बुद्ध जन्मेको देश नेपाल अति सुन्दर र शान्त छ भन्ने पढेर नेपाल घुम्न आएको बताइन् । भारतको गुवाहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीका अन्तर्राष्ट्रिय विभागका प्रमुख समेत रहनु भएका भारतीय पर्यटक रञ्जन कश्यपले काठमाडौँमा पशुपतिनाथको दर्शन गर्ने चाहना राखेर नेपाल आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: