पहिलो पाइला सहकारीद्वारा कृषि अभियानको थालनी

  प्रकाशित मिति
२६ मंसिर २०७७, शुक्रबार १७:४२


भद्रपुर, २६ मंंसिर । सहकारी मार्फत कृषिमा परिवर्तन गर्ने उद्देश्यले झापाको एउटा सहकारी संस्थाले जिल्ला बाहिरका केहि सहकारी संस्थाहरुको सहकार्यको माध्यामबाट कृषि अभियानको थालनी गरेको छ ।

वि.सं.२०७० सालमा स्थापना भई चन्द्रगढीमा मुख्य कार्यालय रहेको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाले उक्त अभियानको थालनी गरेको हो ।

परम्परागत कृषि प्रवृतिको अन्त गर्दै कृषिमा क्रान्ति ल्याने उद्देश्यले उक्त सहकारीले खाद्यान्नका सामग्री उत्पादनसहित खरिद–बिक्रीका लागि जिल्ला बाहिरका केहि सहकारीहरुसँग सहकार्य गर्दै अघि बढेको छ ।

गत भदौमा मात्र भत्तपुरको टेवा कृषि सहकारीसँग चामल लगायतका खाद्य वस्तुहरुसँग औपचारिक रुपमा सहकार्य गर्ने घोषणा गरि सकेको उक्त सहकारीले पछिल्लो समयमा मोरङको उर्लाबारीमा रहेको फाक्तालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थासँग नेपाली कागज, दाल, फलफुल लगायतका नुडल्स सामग्री खरिद– बिक्रीका लागि सम्झौता गरेको छ ।

सहकारीले किसानको पसिनाको सहि मुल्याङ्कन गर्दै विचौलिया हावी हुने प्रवृतिलाई रोक्न अभियानको थालनी गरिएको सहकारीका अध्यक्ष सनिपकुमार भुजेलले बताए । उनले विचौलियाहरुका कारण उत्पादक तथा उपभोक्ताहरु सामान खरिद–बिक्रीबाट ठगिने गरेको बताउँदै उप्रान्त दुवै पक्षले आफुले उत्पादन गरेको सामानको सहि मुल्य पाउने समेत दावी गरे । अध्यक्ष भुजेलले अभियान निरन्तर रहने बताउँदै सहकारी मार्फत खाद्य सामगीहरुको उपभोग गर्न किसान तथा उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

यसरी सहकारी मार्फत वितरित कृषि खाद्य सामग्री बिक्रीबाट प्राप्त हुने मुनाफालाई सहकारीले १० प्रतिशत किसान सुरक्षा कोषलाई प्रदान गर्ने, ३० प्रतिशत बजारीकरण गर्ने र १५ प्रतिशत मात्र हिस्सा सहकारीले प्राप्त गर्ने उत्पादक तथा बजारीकरण उपसमिति संयोजक पुष्पराज खतिवडाले जानकारी दिए ।

२३ प्रतिशत रकम व्यवसायी करणका लागि किसान सुरक्षा कोषमा जम्मा गरिनेछ । जसले गर्दा उत्पादनमा बृद्धि हुने र देशको आर्थिक उन्नती समेत हुने उनको भनाइ छ । खतिवडाले किवी, दाल, लगायतका विभिन्न फलफुल सहकारीले नै उत्पादन गरि सामान बजारीकरण गर्दै व्यवस्थापन गरिने बताए ।

सहकारीमा अभियान सञ्चालन गर्न एक्लै सम्भव नहुने भएकोले सहकारी सहकारीबीचको एकता र समन्वयनमा किसानले उत्पादन गरेको सामान किसानलाई नै भन्ने मान्यता अनुरुप विचौलियालाई वीचमै रोक्न अभियानको थालनी गरिएको फाक्तालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकेन्द्रबहादुर पोमले बताए ।

उनले बहुउद्देश्यीय सहकारीहरुले सहकारी ऐन २०७४ अन्र्तगत काम गर्ने समेत उल्लेख गरे ।

।। रेवतीराज घिमिरे ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: