पहिलो पुनर्मिलनमा जुट्दै बुद्धआदर्श

  प्रकाशित मिति
५ आश्विन २०७४, बिहीबार १३:५५


budhabare
पत्रकार सम्मेलन

बुधवारे । सन्ताउन्न बर्ष अघि स्थापना भएको बुधवारेको शैक्षिक धरोहर बुद्ध आदर्श माध्यमिक विद्यालयमा पहिलोपल्ट संस्थापक, पूर्व शिक्षक, पूर्व विद्यार्थी, व्यवस्थापन समितिका पूर्व पदाधिकारी लगायतको पुनर्मिलन कार्यक्रम हुने भएको छ ।

विद्यालय व्यवस्थापन समितिको पहलमा यही दसैँको नवमी अर्थात असोज १३ गते शुक्रवार विद्यालय परिसरमै पुनर्मिलन समारोहको आयोजना गरिने समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिएका छन् ।

अध्यक्ष तिवारीले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी पुनर्मिलन कार्यक्रमको मुख्य उद्देश्य अक्षयकोष स्थापना गर्नु समेत भएको बताए ।

विद्यालयमा पढेका पूर्व विद्यार्थी, पूर्व शिक्षक, संस्थापक र समितिका पूर्व पदाधिकारीहरुलाई एउटै थलोमा भेला गराई सङ्गठित गर्ने र अक्षय कोषको माध्यमबाट गरीव, उत्पीडित, अपाङ्ग तथा असहाय विद्यार्थीहरुलाई शिक्षा दिलाउन सबै प्रकारको सहयोग उपलब्ध गराउने लक्ष्य लिएर पुनर्मिलन कार्यक्रमको तयारी भइरहेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिल्लीप्रसाद नेपालले पत्रकार सम्मेलनमा बताए ।

हालसम्ममा ‘बुद्ध आदर्श पूर्व विद्यार्थी, पूर्व शिक्षक र अभिभावक अक्षय कोष’मा १५ लाख रुपैयाँ सङ्कलन भइसकेको अध्यक्ष तिवारीले जनाए ।
पुनर्मिलन कार्यक्रमका लागि शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष लक्ष्मण ढुङ्गानाको संयोजकत्वमा पदम पोखरेल, केदारप्रसाद कोइराला, नन्दकुमार तिम्सिना, धनकुमार थुलुङ, प्रधानअध्यापक लगायत रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

शैक्षिक चेतनाको उद्गम थलोको रुपमा रहेको यस विद्यालयमा पूर्व गभर्नर डा. युवराज खतिवडा, न्यायाधीश राजेन्द्र खरेल, गोल्डमेडलिस्ट डा. भक्तराज दाहाल, इन्जिनियर सोमनाथ कँडुवाल, बैज्ञानिक गङ्गा घिमिरे, पत्रकार युवराज गौतम, प्रतीक ढकाल, कलाकार लय सङ्ग्रौला, साहित्यकार टङ्क विकल्प, डा. प्रकाश न्यौपाने, डा. हिमाल सङ्ग्रौला, कृषि राज्यमन्त्री सरिता प्रसाइँ, राजनीतिज्ञ नारद वाग्ले, साहित्यकार उमा सुबेदी, सांसद भक्त खपाङ्गी लगायत थुप्रै ख्यातिप्राप्त व्यक्तिहरुले अध्ययन गरेका थिए ।

पुनर्मिलन समारोहमा साङ्गीतिक तथा साहित्यिक कार्यक्रम राखिएको हुँदा उपस्थितिका लागि समितिले पूर्व विद्यार्थी, पूर्व शिक्षक, समितिका पूर्व पदाधिकारी लगायत शिक्षाप्रेमीहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: