पाँचथरका गोविन्द देउनियाँ खोलामा मृत भेटिए

  प्रकाशित मिति
२ असार २०७७, मंगलवार ०८:४५


विर्तामोड, २ असार । बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित देउनियाँ खोलामा पाँचथरका ४५ वर्षीय गोविन्द ढुंगाना मृत अवस्थामा फेला परेको छन् ।

पाँचथरको फिदिम नगरपालिका वडा नं.१ याङ्नाम स्थायी घर भएका ढुंगानाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

उनी हाल झापाको मेचीनगर १० धुलाबारी र बिर्तामोड ६ बुट्टाबारीमा अस्थायी बसोबास गर्दै आएका थिए । पेसाले ड्राइभर रहेका उनका एक छोरा बिदेशमा र एक छोरी बिबाह गरि दिइसकेको थाहा भएको छ । पत्नी पाँचथरमै छन् ।

केही समय यता उनमा मानसिक बिरामीको लक्षण देखा परेको र गत जेठ ३१ गतेदेखि उनी सम्पर्कविहीन थिए ।

असार १ गते मृत अवस्थामा स्थानीयहरुले देखेर खबर गरेको काका याम ढुङ्गानाले बताएका छन् ।

।। रन्जित परियार ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: