पाँचै क्षेत्रमा एमालेका सर्वसम्मत उम्मेद्वार

  प्रकाशित मिति
२१ आश्विन २०७४, शनिबार १२:०७


 

Untitled

मेचीनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाउने क्रम जारी छ ।

पाँच सिट भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेले पाँचै क्षेत्रमा सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको छ भने नेपाली काङ्ग्रेसले ३ वटा क्षेत्रबाट मात्र सर्वसम्मत उम्मेद्वार छानेको छ ।

नेकपा (एमाले) झापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं. १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं. २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं. ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं. ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं. ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको एमाले जिल्ला सचिव मदन अधिकारीले जानकारी दिए ।

१० सिट भएको प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३८ जनाको नाम सिफारिस भएको उनले बताए ।

नेपाली काङ्ग्रेसले झापाका तीनवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ भने बाँकी दुईवटा क्षेत्रमा आकांक्षी धेरै भएपछि दुईभन्दा बढीको नाम पठाएको छ ।

झापा क्षेत्र नं. १ बाट विश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेवेको नाम सर्वसम्मत सिफारिस गरिएको नेपाली काङ्ग्रेस झापाले जनाएको छ ।

क्षेत्र नं. २ बाट उद्धव थापा, सरिता प्रसाईं, सुधीरकुमार शिवाकोटी र राजेश खड्का तथा क्षेत्र नं. ५ बाट केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम केन्द्रीय समितिमा पठाइएको छ ।

काङ्ग्रेसले प्रदेशसभा सदस्य निर्वाचनका लागि दश वटा निर्वाचन क्षेत्रमा २६ जनाको नाम सिफारिस गरेको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)ले पनि जिल्लाबाट उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं. १ बाट बोधराज दाहाल र प्रकाश भण्डारी, क्षेत्र नं. २ बाट सुरेन्द्रकुमार कार्की, क्षेत्र नं. ३ बाट धर्मशीला चापागाईं, मोहन टुडु र मेघप्रसाद रेग्मी, क्षेत्र नं. ४ बाट झलकसिंह दर्लामी र मणिकुमार साम्पाङ तथा क्षेत्र नं. ५ बाट रेवतराज पुरी र राधिका ओझाको नाम सिफारिस गरिएको माओवादी केन्द्रका कार्यालय सचिव चुडेन्द्रकुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २६ जनाको नाम सिफारिस गरेको उनले बताए ।

माओवादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङले पार्टीको शीर्ष तहमा विभिन्न राजनीतिक दलहरुबीच तालमेलको कुरा भइरहेकाले केन्द्रको निर्देशन बमोजिम अघि बढ्ने पनि स्पष्ट पारे ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार छनोट गर्न क्षेत्रीय समितिको बैठक बोलाइएको जिल्ला सभापति अम्बरबहादुर विष्टले जानकारी दिएका छन् ।

क्षेत्रीय समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरी नाम केन्द्रमा पठाइने विष्टले बताए ।
नयाँ शक्ति पार्टीले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा १ नं. क्षेत्रबाट पुष्प पौडेल, २ नं. बाट कुमार क्षेत्री, ३ नं. बाट देवीप्रसाद ओझा र ५ नं. क्षेत्रबाट भेषराज भट्टराईलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको छ । क्षेत्र नं. ४ को उम्मेद्वार शनिवार चयन हुने जिल्ला संयोजक कुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: