पाँच क्षेत्रमा जिल्ला सदस्य निर्वाचित

  प्रकाशित मिति
४ फाल्गुन २०७२, मंगलवार ०५:५६


DSC04728
झापा । नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइरालाको निधन भएपछि स्थगित झापाको पाँचवटा क्षेत्रमा सोमबार जिल्ला सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

माघ २५ र २६ गते हुने अधिवेशनमा पहिलो दिन मनोनयन दर्ता गरेपछि २६ गते सभापति कोइरालाको निधन भएकाले अधिवेशन रोकिएको थियो ।

माघ २५ गते भएको अधिवेशनमा सभापति, सचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत भएको थियो । सभापतिमा उद्धव थापा, सचिव प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे सर्वसम्मत भएका थिए ।

यसैगरी क्षेत्र नम्बर ३ र ६ को जिल्ला सदस्यमा पनि सर्वसम्मत भएको थियो । बाँकी रहेको ५ वटा निर्वाचन क्षेत्रमा सोमबार मतदान भएको हो ।
माघ २५ गते जिल्ला पार्टी कार्यालयमा मनोनयन भए पनि निर्वाचन भने सोमवार आ–आफ्नो क्षेत्रमा भएको थियो ।

सोमबार भएको निर्वाचनमा क्षेत्र नम्बर १ बाट सुबेशकुमार पनेरु (सुदय) सर्वाधिक मत (८७) ल्याएर जिल्ला सदस्य पदमा निर्वाचित भएका छन् ।
‘हाम्रो धुलावारी राम्रो धुलावारी’ लगायतका विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हालिरहेका सुदय जिल्ला सदस्यको निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार थिए । उनी मत पाएको आधारमा सर्वाधिक लोकप्रिय युवा नेता ठहरिएका छन् ।

यसैगरी, चन्दन मेचे (७६), पुष्पराज पौडेल (६०) र निरज घिमिरे (५८) जिल्ला सदस्यमा विजयी भएका छन् । निर्वाचनमा रमेशकुमार दाहाल, दुर्गाप्रसाद सापकोटा, गङ्गाप्रसाद सङ्ग्रौला र दिलबहादुर दहाल पराजित भएका छन् ।

१ सय १८ मतदाता रहेको क्षेत्रमा १ सय १४ मत झरेको थियो भने एक मत बदर भएको मतदान अधिकृत तोया दाहालले बताए । यस क्षेत्रबाट महिला सदस्यमा डम्बरकुमारी थापामगर यस अघि नै निर्विरोध भएकी थिइन् । यसैगरी, क्षेत्र नं. २ बाट लक्ष्मण खड्का, जलकुमार गुरुङ, युवराज बिमली, पुस्तकराज नेपाल र महिला कोटामा पार्वता गिरी निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ मा गोपाल उप्रेती, मदन नेम्वाङ, विव्रmम नेम्वाङ, भिष्म मिश्र, लय भण्डारी निर्वाचित भएका छन् । महिलातर्फ सरस्वती सिटौला यस अघि निर्विरोध निर्वाचित भएकी थिइन् ।

क्षेत्र नम्बर ५ बाट भगिरथ पोद्धार, नुरमोहम्मद मिया, रतनबहादुर लिम्बू थिङलाबा, उमाराम प्रसाईं र महिलातर्फ निर्मला कन्दङ्वा निर्वाचित भएका छन् ।
यसैगरी, क्षेत्र नम्बर ७ मा राजेन्द्रप्रसाद भण्डारी, रवि न्यौपाने खत्री र विव्रmम अधिकारी र महिलातर्फ मेनुका बुढाथोकी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: