पेट्रोलियमको पाइपलाइन निर्माणमा वडाध्यक्षकै असहमति

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १३:१४


मेचीनगर । मेचीनगर–१३ स्थित चारआलीमा नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको सञ्चीतगृह पाइपलाइन (डिपो) राख्ने भएपछि स्थानीयले अवरोध गरेका छन् ।

मानव वस्तीसहित वनजंगल र पर्यावरणलाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने भन्दै स्थानीयले डिपोको निर्माण प्रक्रिया अवरोध गर्नेे चेतावनी दिएका हुन् ।

प्रज्वलनशिल पदार्थ पेट्रोल र ग्यास दुबैको संयुक्त डिपोका लागि निगमले सर्भेको काम सुरु गरेपछि स्थानीयले संघर्ष समिति बनाएर आयोजना गरेको अन्तरक्रियामा वक्ताले उक्त चेतावनी दिएका थिए ।

विभिन्न देशमा सञ्चालित पेट्रोलियम पर्दाथको डिपो पड्केर मानववस्ती र पर्यावरण समाप्त पारेको भयावह अबस्थालाइ उदाहरणको रुपमा प्रस्तुत गर्दै स्थानीयलाई लागेको शंका उपशंकामाथि सम्बन्धि बिज्ञसहितको टोलीले जनचेतनामुलक कार्यक्रम गर्नसमेत सुझाव दिएका छ्न् ।

डिपो बस्दा हुने राम्रा र नराम्रा विषयका बारेमा भूगोलविद्, कानुनविद्, वनस्पतिविद्, वातावरणविद् बिज्ञबाट सुझाव लिन संघर्ष समितिले अर्को कार्यक्रम गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी मेचिनगर–१३ का वडाअध्यक्ष कृष्णराज सिग्देलले पेट्रोलियम पर्दाथको डिपोको आवश्यकता भएपनि निगमले मापदण्ड र कानुनलाई मिचेकाले चारआलीमा प्रज्वलनशिल पर्दाथको डिपो राख्ने विषयको विरोध गर्ने बताए ।

घना मानवबस्ती, वनजंगल र उधोग धन्दा भएको ठाउँमा डिपो राख्न नमिल्ने निगमको नियमावलीमा उल्लेख छ तर, मेचिनगर–१३ मा निगमले डिपो राख्न भनि खरिद गरेको २३ बिगाह १३ कठ्ठा जमिन उक्त मापदण्ड अनुसार छैन ।

जग्गा खरिद गर्दादेखि नै भ्रष्टाचारमा मुछिएकाले नेपाल आयल निगमसँग स्थानीयले बिश्वास गर्ने आधार नै गुमाएको उनीहरुको भनाई छ ।

स्थानीयको जग्गा व्यक्तिको नाउँमा लिएर निगमले खरिद गरेको थियो । व्यक्तिको नाममा खरिद गर्दा प्रतिकठ्ठा २ लाख पर्ने जग्गालाई ४ लाख दिएर जग्गाधनीलाई प्रतिकठ्ठा १३ लाखले हस्ताक्षर गर्न लगाएका थियो ।

कार्यक्रममा बोल्दै राजनीति दलका खगेन्द्र सिग्देलले निगमले जग्गा खरिदमा कमिशनको सेटिङले मुहाननै धमिलो भएकोले निगमप्रति प्रश्न उब्जेको बताए । उनले नयाँ जोखिमको शिकार मानव र पर्यावरणमा पर्ने हुँदा सो क्षेत्रमा डिपो राख्न नहुने औंल्याए ।

कार्यक्रममा स्थानीय समाजसेवीहरु ख्यामराज गौतम, मेनुका घिमिरे, खड्गबहादुर कार्की, सन्देश न्यौपाने, भोजराज पराजुली, भुपेन्द्र कार्की, बिश्वनाथ धिताल, प्रेम पौडेल, अनिल कार्की, सबिन सिग्देल, मुना अधिकारी, अनुप सेलवाल, कमल बराल, अर्जुन सिग्देल लगायतले स्थानीयसँग समन्वय नगरि निगमको डिपो राख्ने कार्यको विरोध गरेका थिए ।

स्थानीयले राखेको सवालको जवाफमा नेपाल आयल निगम चारआलीका प्रतिनिधि दिलिपकुमार चौधरीले स्थानीयले उठाएका माग सहि भएकोले सोही कुरा केन्द्रमा पठाउने प्रतिबद्धता जनाए ।

उनले मानव वस्ती र पर्यावरणमा असर नपर्ने गरि स्थानीयसँग समन्वय गरेर मापदण्ड नुसारको कार्य अघि बढाउने बताए । संघर्ष समितिका संयोजक बद्री महतले ७ बुँदे ध्यानाकर्षणसहित कार्यक्रमबारे प्रकाश पारेका थिए । भुपाल सिग्देलले स्वागत र कार्यक्रमको सञ्चालन तेजप्रसाद सिग्देलले गरेका थिए ।

यसअघि संघर्ष समितिले वडा कार्यालय, मेचीनगर नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय भद्रपुर, जिल्ला प्रशासन कार्यालयमा विभिन्न कारणले निगमले डिपो राख्न नमिल्ने भन्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

(प्रकाश उप्रेतीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: