पाउ पाथिभरामा गणेश पुराण लाग्ने

  प्रकाशित मिति
१ चैत्र २०७४, बिहीबार १०:२५


चारआली । चारआलीको पाउ पाथिभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको आयोजनामा पाथिभरा मन्दिरमा सात दिने गणेश पुराण लाग्ने भएको छ ।

रामनवमीको अवसरमा चैत्र ४ गतेदेखि ११ गतेसम्म गणेश पुराण आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । राष्टू शन्ति बिघ्न निवारण तथा कार्य सिद्धिको कामनासहित आयोजना गरिएको पुराणमा पण्डित पारसमणि ढकालको प्रमुख व्यासत्व तथा आचार्य पण्डित हेमलाल सापकोटाको उप व्यासत्वमा रहने छ ।
मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्ने मुख्य उद्देश्यले पुराण आयोजना गरिएको पुराण मूल आयोजक समितिका संयोजक हरिचरण बानियाँले जानकारी दिए ।

पुराणबाट १ करोड ५० लाख रकम उठाउने लक्ष्य लिइएको उनले जानकारी दिए । उठेको रकमबाट धार्मिक कथा प्रवचन श्रवणहल, गुरु पुरोहित आश्रम व्यवस्थापन तथा मन्दिरको मूल प्रवेशद्वार निर्माण गरिने बताइएको छ ।

अनन्त विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीले कार्यक्रमको उद्घाटन गर्ने प्रचारप्रसार समितिका संयोजक अर्जुन थेबेले बताए । पत्रकार सम्मलेनमा तिलक गिरी, यमनाथ बराल, विश्व थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: