पाकिस्तानमा नयाँ अध्यादेश : बलात्कारीलाई नपुंसक बनाइने

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार १८:३३


झापा, १ पुस । पाकिस्तानमा बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने अध्यादेश लागू भएको छ ।

त्यहाँका राष्ट्रपतिले मंगलवार बलात्कार विरोधी यो अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

बीबीसीका अनुसार सो अध्यादेशमा बलात्कारीलाई नपुंसक बनाउन सकिने र छिटो सुनुवाई गरिने प्रावधान छ ।

बलात्कारीलाई रसायनिक पदार्थको प्रयोग भएको दवाई खुवाएर नपुंसक बनाइने उक्त कानूनमा उल्लेख छ ।

बलात्कार सम्बन्धी उजुरीको सुनुवाई गर्न विशेष कार्यदल गठन गरिने कानूनमा उल्लेख छ । चार महिनाभित्रमा सुनुवाई पूरा हुनुपर्ने बताइएको छ ।

हालै लाहोर सहरमा दुई बच्चाका अगाडि राजमार्गमा एक महिलाको बलात्कार भएको घटना सार्वजनिक भएपछि पाकिस्तानभर बलात्कारीलाई कडा सजाय दिइनु पर्ने माग गर्दै आन्दोलन भइरहेका छन् ।

विश्वमा बलात्कारीलाई नपुंसक बनाउने कानून पहिलोपल्ट सन् २००९ मा पोलेन्ड र सन् २०१६ मा इन्डोनेसियामा लागू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: