पानीटङ्कीमा अड्किए सय नेपाली

  प्रकाशित मिति
११ चैत्र २०७६, मंगलवार १४:२८


भारतको पानीटंकी नाका ।

काँकरभिट्टा । भारतबाट फर्केका सय जनाभन्दा बढी नेपाली सीमावर्ती पानीङ्की नाकामा अड्किएका छन् ।

मङ्गलबार विहानै पानीटङ्की आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाए अनुसार भारतको पानीटङ्की बजारमा सयको सङ्ख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले नेपाली पक्षलाई जानकारी गराएको छ ।

नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रहरीको भनाई छ । सोमवार काँकरभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७ सय ३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो ।

नेपालबाट भारत जान सीमामा जम्मा भएका २ हजार २ सय ३६ जना भारतीय नागरिकलाई समेत सोमवार जान अनुमति दिइएको थियो ।

सामाजिक सञ्जालमार्फत स्थानीय सामाजिक अगुवाहरुले बोर्डरमा अलपत्र परेका नेपालीलाई घर आउन दिनुपर्ने आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: