पानी सर्किएर र करेन्ट लागेर मृत्यु

  प्रकाशित मिति
३१ असार २०७८, बिहीबार २१:१८


मेचीनगर, ३१ असार । झापाको भद्रपुरमा पानी सर्किएर र मेचीनगरमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ ।

भद्रपुर–६ निवासी २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर र मेचीनगर–३ को गँगटे खोलामा माछा मार्ने क्रममा ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

विहान ७ बजेतिर घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी सर्किएर बेहोस भएपछि श्रेष्ठलाई मेची प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा विहान ९ बजेतिर मृत्यु भएको हो ।

त्यसैगरी, विद्युतको हाइटेन्सन लाइनबाट तार जोडेर करेन्ट लगाउँदा सरोज किसानको आज दिउँसो २ बजेतिर उक्त दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज