पारिजात सेमिफाइनलमा

  प्रकाशित मिति
६ जेष्ठ २०७५, आईतवार १९:००


धुलाबारी । पारिजात महिला समूह अर्जुनधारा मेचीनगरमा जारी प्रथम सनसाइन झापा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ज्यामिरगढी माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार सम्पन्न खेलमा प्रतिस्पर्धी कनकाई स्पोर्टिङ एकाडेमीलाई टाइव्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै पारिजातले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयसमम दुवै टिमले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि खेल टाइव्रेकरमा धकेलिएको थियो । पारिजातका लागि खुशी राई, जुनु मगर, एलिना नेपाली र समीक्षा गिरीको प्रहार गोलमा परिणत भएको थियो ।

कनकाईका लागि गङ्गा राईको प्रहारमात्र गोल भएको थियो । खेलको वुमन अफ म्याच विजयी टिमकी गोलरक्षक उमा चौधरी घोषित भइन् ।

सोमबारको खेल झापा युवा परिवार अर्जुनधारा र बाह्रदशी गाउँपालिकाबीच बीच हुने आयोजक क्लबकी अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: