पार्किन्सन बुझाउन मेची–महाकाली यात्रा सुरु

  प्रकाशित मिति
७ असार २०७४, बुधबार ०९:२१


parkinson 4मेचीनगर, ७ असार । पार्किन्सन रोगको विषयमा जनचेतना बढाउने उद्देश्यले ‘गुफी’ नामले प्रख्यात नेपाली बाइक राइडर प्रमोद श्रेष्ठले सुदूरपूर्वी नाका काँकरभिट्टाबाट आज विहान २४ घण्टे मेची–महाकाली बाइक यात्रा सुरु गरेका छन् ।

विहान ठिक ८ बजे काँकडभिट्टास्थित प्रवेशद्वारबाट श्रेष्ठले स्थानीयवासीले दिएको खादा र अबिर लगाएर यात्रा प्रारम्भ गरेका हुन् ।
बाइकयात्री श्रेष्ठले ननस्टप बाइक कुदाएर एक हजार २४ किलोमिटरको दूरी २४ घण्टामा पार गरी भोलि विहान ८ बजे महाकालीको गड्डाचौकी पुगेर यात्रा समापन गर्ने जानकारी दिए ।

‘एमटुएम च्यालेन्ज’ नाम दिइएको यो यात्रामा श्रेष्ठले २२ बर्ष पुरानो आफ्नै रोयल इनफिल्ड मोटरसाइकल प्रयोग गरेका छन् । यात्रामा पार्किन्सन रोगबाट ग्रसित भएर पनि यसको जनचेतना अभिवृद्धिमा अभियान सञ्चालन गरिरहेकी काठमाडौँकी ३० बर्षीया बनिता खनाल पनि छन् ।

parkinson 5बुढेशकालमा लाग्ने भनिएको पार्किन्सन रोग हाल तन्नेरीलाई समेत लाग्न थालिसकेको जनाउँदै अभियन्ता खनालले नेपालमा यसको चेतनाको कमी भएको महसुुस गर्दै मेची महाकाली बाइक यात्रामार्फत सबै नेपालीको ध्यान आकर्षित गर्न खोजिएको बताइन् ।

१९ वर्षको उमेरमा एक दिन लेख्न बस्दा हात नचलेपछि आफुलाई पहिलोपल्ट पार्किन्सनको असर थाहा भएको बनिताले बताइन् ।
बनिताका अनुसार दिमागमा हुने डोपामिनको कमीले पार्किन्सन रोग लाग्छ । रोग लागेपछि शरीर काम्ने, जिउ धान्न नसक्ने, हिँड्न गाह्रो हुने, लेख्न गाह्रो हुने, प्यारालाइसिस जस्तो लक्षण देखा पर्छ ।

यसको पूर्ण उपचार मेडिकल विज्ञानले पत्ता लगाइसकेको छैन । असर न्यूनीकरणका लागि औषधि सेवन तथा दिमागको अपरेसन गरिने भए पनि हाल विश्वभरि पार्किन्सन चिन्ताको विषय बन्दै गएको छ ।

प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ पनि पार्किन्सन पीडित हुनुहुन्छ भने गायक अम्बर गुरुङ र मोहम्मद अली पनि यही रोगबाट पीडित थिए ।
राइडर प्रमोद श्रेष्ठले पार्किन्सन लागेकी बनिता खनालले फेसबुकमार्फत जनचेतना बढाइरहेको देखेपछि आफुले नै यस अभियानलाई सघाउन मेची–महाकाली बाइक यात्रा गर्न लागेको बताए ।

पार्किन्सन अभियान सञ्चालन गरिरहेकी बनिता काठमाडौँ अनामनगर निवासी हुन् । पार्किन्सन लागेपछि नै विवाह गरेकी उनको एक सन्तान छन् ।
पार्किन्सनले विस्तारै आफुलाई विस्तारै थला पार्ने जानेरै नै यसको विषयमा जनचेतना बढाउन अभियान थालेको उनी बताउँछिन् ।

parkinson 3

?
?

parkinson 7

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: