पार्टी एकीकरणका लागि समिति

  प्रकाशित मिति
२५ जेष्ठ २०७५, शुक्रबार ११:३५


नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–ले झापामा पार्टी एकीकरणको गृहकार्य शुरु गरेको छ ।

नेकपाको केन्द्रले तयार गरेको विधी अनुसार तत्कालिन दुई पार्टीका जिल्ला इन्चार्ज र अध्यक्ष रहेको चार सदस्यीय संयोजन समितिले एकीकरणको गृहकार्य शुरु गरेको हो ।

झापाको संयोजन समितिमा रविन कोइराला, झलकसिंह दर्लामी, चिन्तन पाठक र मणिकुमार साम्पाङ राई रहेका छन् ।
समितिले दुबै पार्टीले आ–आप्mना पार्टी सदस्यहरुको सदस्यता नविकरण गरी तथ्याङ्क दुरुस्त गर्ने, संयोजन समितिले संक्रमणकालीन अवधिमा कुनै पनि जनसंगठन र पार्टीका मातहतका कमिटीहरुले कुनै पनि कार्यक्रम गर्दा जिल्ला संयोजन समितिको स्वीकृति तथा जानकारीमा गर्न निर्देशन दिएको नेकपा झपाका नेता शिव ढुङ्गेलले बताए ।

समितिले पार्टीको एकीकृत कमिटीहरु निर्माण भइनसकेको वर्तमान परिस्थितिमा दैनिक कामको संयोजन गर्नेगरी तत्कालीन दुबै पार्टीका सम्बन्धित तहको कमिटीका इन्चार्ज र रहेका ४ जना कमरेडहरुलाई आ–आप्mनो तहको कमिटीको संयोजन गर्ने गरी जिल्ला संयोजन समितिले जिम्मेबारी दिएको छ ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले पालिका तहका जनप्रतिनिधिहरुसँग समन्वय गरी विकास निर्माण र जनसरोकाको विषयमा संमन्वय गर्न तत्कालिन एमालेले गठन गरेको संयन्त्र कायम राखी तत्कालिन माओवादी केन्द्रको पनि सोही मापदण्ड कायम गरिएको निर्णय गरेको छ ।

सो निर्णय अनुसार गाउँ तथा नगरका इन्चार्जहरु, अध्यक्षहरु र पालिका तहका निर्वाचित जनप्रतिनिधिहरु तथा प्रमुख उपप्रमुख, मेयर, उपमेयरका उमेदवारहरु रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: