पालिया खोलामा पक्की पुल बन्ने

  प्रकाशित मिति
७ असार २०७७, आईतवार १६:४२


मेचीनगर । मेचीनगर–७ स्थित पालिया खोलामा निर्माण गर्न लागिएको पक्की पुलको शिलान्यास गरिएको छ ।
पुलको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

१ नम्बर प्रदेश सरकारको ४ करोड ३२ लाख रुपैयाँ लागत भएपनि ३ करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयामा पुल ठेक्का लागेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनि जिम्मा हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवासँग२०७७ साल बैशाख २४ गते निर्माण सम्झौता भएको थियो ।

सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न हुने पुर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर सुजन दाहालले जानकारी दिए ।
उनका अनुसार सिगंल स्पाम रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने छ । एलआरवीएसयुको प्राविधिक सहयोगमा पुर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्ने छ । पुलले मेचीनगर–७ स्थित सत्तिघट्टा–गोमनसरी–इटाभट्टा जोड्ने छ ।

झापाको मेचीनगरहुदैं सदरमुकाम सम्म जोडने यो पुल निर्माणपछि सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगडी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने स्थानीय चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।

योजनाको बारेमा जानकारी दिनहुदैं पुर्वाधार विकास कार्यालय भद्रपुर इञ्जिनियर शोभाकान्तप्रसाद रौनियारले ८२ फिट लम्बाई र २८ फिट चौडाई पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४÷४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा शिलान्यास समारोहका प्रमुख अतिथि समेत रहनुभएको १ नम्बर प्रदेश सभा सदस्य मैनालीले वर्षैदेखि पुलको समस्या व्यहोर्न बाँध्य स्थानीयवासीले पुलको निर्माणसँगै राहतको अनुभव गर्ने बताए ।

प्रदेश सभा सदस्य मैनालीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने भन्दैं यस कार्यमा सवैलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्दै लामो समयको प्रतिक्षा पछि स्थानीयले विकास योजनाको प्रत्यक्ष लाभ लिन पाएको विश्वास व्यक्त गरे । मैनालीले झापा निर्वाचन क्षेत्र नं १ क को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजना पार्न सफल भएको समेत दावी गरे ।

शिलान्यास समारोहमा मेचीनगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, निर्माण ब्यवसायी भीमचन्द्र भट्टराई लगायतले विचार राखेका थिए । पुर्वाधार विकास कार्यालय भद्रपुर झापाका सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठको सभापतित्वमा भएको शिलान्यास समारोहको सञ्चालन कार्यालयका सव इन्जिनियर सुरेन्द्रप्रसाद साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: