पिलो निचोरेर एमालेको बजन घट्दैन : ओली

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १५:१३


विर्तामोड, २९ भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेलाई अदालतले हराएको दावी गर्दै आउँदो चुनावमा हराएर देखाउन चुनौति दिएका छन् ।

उनले पिलो निचोरिएर एमालेको बजन नघट्ने र पतकरले कोशीको बेग नथुनिने बताए ।

विर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १४ महिनापछि हुने चुनावबाट नेकपा एमाले शानसँग सत्तामा जाने बताए ।

उनले नेकपा र एमाले विभाजन गर्ने कार्य प्रचण्ड र माधव नेपालबाट भएको आरोप लगाए ।

पार्टी विभाजनले एमालेलाई खासै असर नपर्ने र प्रचण्डले तत्कालीन नेकपाको प्रचण्ड गुटलाई मात्र लिएर गएको जिकीर गरे ।

माधव नेपालले पनि पार्टी फुटाउने प्रयास गरेको तर असफल भएको उनको भनाई थियो ।

आफ्नो पुरानै स्वभावा अनुसार ओलीले विभिन्न उखान सुनाएर कार्यकर्तालाई हौस्याए ।

उनले जनबादी गायक जीवन शर्माको गीतका अंश पनि सुनाए । पिलो निचोरेर एमालेको बजन नघट्ने र बगेर आएको पतकरले कोशीको बेग नथुनिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: