‘बँचिएला भन्ने आशै हरायो’

  प्रकाशित मिति
२७ मंसिर २०७२, आईतवार १३:१३


 

23

दुहागढी । दुहागढी–४ विरान टोलका ८२ बर्षीय मख्खन दास शनिवार विहान ५ बजेतिर निद्राबाट व्यूँझिए पनि जाडो छल्न ओछ्यानभित्र सिरकमै गुटमुटिरहेका थिए । कसैले ‘हात्ती आयो’, ‘हात्ती आयो’ भनेर चिच्याएको सुन्नासाथ भाग्न खोजे, विरामी अवस्थाका उनी चलमलाउनै सकेनन् । छोराले कसोकसो गरेर उनलाई तानेर छिमेकीको घरतिर कुदाएर बचाए । मख्खनको घरमा जङ्गली हात्तीले आव्रmमण गरेको यो साताको दोस्रोपटक हो ।

त्योभन्दा अघि मध्यराततिर दुहागढी–३ का कृष्णबहादुर रसाइलीको पक्की घर भत्काउन पुगेको थियो त्यही हात्ती । हात्तीले गल्र्याम्म पारेर भान्सा र ग्वाली भत्काएपछि व्युँझिएका कृष्णबहादुरको ध्यान १० महिने नातिलाई कसरी बचाउने भन्नेतिर गयो । उनले हैखै गरेर घरका सबैलाई छिमेकतिरै दौडाए । ज्यान जसोतसो बँचे पनि उनको पोहोर हात्तीले नै भत्काएर टालेको घर यसपाली फेरि भत्कायो ।
‘यो समेत गरेर ७ पटक भइसक्यो हात्तीले घरमै आव्रmमण गरेको’, शनिवार विहान आँगनमा पत्रकारहरूलाई कृष्णबहादुर सुनाउँदै थिए–‘अब बँचिएला कि भन्ने आश हराइसक्यो ।’

मख्खन दास र कृष्णबहादुर त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै दुहागढी र चन्द्रगढी क्षेत्रका सयौ वासिन्दा विगत केही बर्षदेखि जङ्गली हात्तीको निरन्तर आव्रmमण खेपिरहेका छन् । नजिकै रहेको निचाझोडा जङ्गलमा दिनभर बस्ने हात्तीको झुण्ड साँझ परेपछि गाउँ पस्छ र स्थानीयबासीको अन्नपात खाएर स्वाहा बनाइदिन्छ । हात्तीका आव्रmमणले कतिपयको ज्यान गइसकेको छ भने कतिपय घाइते भइसकेका छन् । घर र धनमालको क्षतिको त भनिसाध्यै छैन ।

विगतमा बाहुनडाँगी र उत्तरी झापाका गाविसमा हात्तीको समस्या थियो । अब त्यो समस्या सदरमुकाम वरपरको दुहागढी र चन्द्रगढी (हाल भद्रपुर)तिर सरेको छ । दुहागढीको वडा नं.१,२,३ र ४का वासिन्दा हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य छन् । आगो बालेर हात्ती धपाउँछन् । अनिदोका कारण बालबालिका विद्यालय जानै छाडिसके । रोगी, पाका र बच्चाहरू भाग्न नसक्दा मर्लान् भन्ने डर बढेको छ ।

शनिवार राति १२ बजे कृष्णबहादुरको घर भत्काउने हात्ती विहान ५ बजेतिर मख्खन दासको घर भत्काउन पुगेको थियो । उता पुरानो चन्द्रगढी–३ र ४ को पुहाँतुबाडी, पारिजात चोक, प्रणामी नगर र घोडामाराले पनि यो समस्याको चर्को सामना गर्नु परिरहेको छ ।
सबैभन्दा डरलाग्दो कुरा के हुन थालेको छ भने हात्तीले दोहो¥याई तेहो¥याई एउटै घरमा आव्रmमण गर्न थालेको छ । गत बुधवार घर भत्काएर ४ मन धानको चामल खाएको हात्ती मख्खन दासको घरमा शनिवार विहान फेरि आइपुगेको थियो । शनिवार उनको घर फेरि भत्काएर हात्तीले पकाएको भात, नुन र भुटुन खाइदिएको छ ।

‘विचरा मख्खन दास परिवारको विजोकै भयो’, छिमेकी दमयन्ती गौतम भन्छिन्–‘भएको अन्नपात सबै हात्तीले खाइसक्यो, अब के गरेर परिवार पाल्छन् बरा !’

मख्खन दासको घर अर्काको जग्गामा छ भने उनीहरू अधियाँ खेती गरेर गुजारा चलाउँदै आएका छन् । उनी आफु लठ्ठी टेकेर मात्र हिडडुल गर्न सक्छन् । उनको घरमा १३ महिनाकी नातिनी सहित ८ जनाको परिवार छ । हात्तीको आव्रmमण दोहोरिएपछि परिवारै त्रसित भएको छ ।
सात पटक हात्तीले आव्रmमण गरिसकेको बताउने कृष्णबहादुरको व्यथा उस्तै छ । ‘भएको दाल, चामल र तेल सबै खाइदियो’, उनी विलौना गर्दै भन्छन्–‘महिनै पिच्छे भत्केको घर कसरी बनाउनु ?’

कृष्णबहादुर विगत ३ बर्षदेखि हात्तीको लगातार आव्रmमण खेपिरहेका छन् र क्षतिपूर्तिका लागि सरकारी निकाय धाइरहेका छन् । तर उनले आजसम्म कुनै निकायबाट राहतसम्म नपाएको गुनासो गरे ।
‘सीडीओकाँ जाँदा बनाँ जानु भन्छन्, बनाँतिर जाँदा पुलिसाँतिर जानु भन्छन्’, क्षतिपूर्तिका लागि धाउँदा धाउँदा पार नलागेको बताउँदै उनी सुनाउँछन्–‘काठमाडौ जाने बसको सिसा जस्तै भयो हाम्रो घर, पटकैपिच्छे भत्केको भत्क्यै ।’

निचाझोडा जङ्गलमा ४ वटा हात्ती बस्ने गरेको बन हेरालुहरूको भनाई उद्धृत गर्दै स्थानीय रुद्रप्रसाद बराल बताउँछन् । एउटा दाह्रा भएको ठूलो हात्ती सबैभन्दा बद्मास रहेको उनले बताए । शनिवार विहान स्थानीय गोमा पराजुली र कृष्णकुमार श्रेष्ठको दुई वटा दोकान घर समेत हात्तीले पल्टाइदिएको छ ।

निचाझोडा जङ्गलकै बन क्षेत्र रहेको हातेमालो सामुदायिक बन समितिका अध्यक्ष विदुर शिवाकोटी हात्ती आतङ्क रोक्न सरकारी निकायले पटक्कै चासो नदिएको बताए । मान्छे मर्न लागिसक्दा समेत चासो नदिदा गाउँलेहरू आव्रmोशित हुँदै गएको उनी बताउँछन् ।
‘सरकारका मान्छेलाई पीर सुनाउन गयो भने’, हात्ती नियन्त्रणमा सरकारी निकाय उदासिन रहेको उल्लेख गर्दै उनी सुनाउँछन्–‘जङ्गलका हात्ती आउँछन् जान्छन् के नौलो कुरो भयो पो भन्छन् ।’ क्षतिपूर्तिका अनेक प्रव्रिmया पूरा गर्दा समेत पीडितले हालसम्म राहत नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: