मेचीनगर । लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्याउन झापामा ६ वटा अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयार अवस्थामा राखिएका छन् ।
स्वास्थय कार्यालय झापाका अधिकृत जीवन चौलागाईका अनुसार ती एम्बुलेन्सका चालकहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न पीपीई ड्रेस ( पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) लगाएका हुनेछन् ।
उनका अनुसार दमक, विर्तामोड, धुलाबारी, कनकाई, बनियानी र भद्रपुर क्षेत्रका ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । चालकलाई एन–९५ मास्क समेत दिइएको छ ।
कोरोना सर्ने डरले एम्बुलेन्स चालकहरुले विरामी नबोक्ने हुन् कि भन्ने आशंका अब मेटिएको छ ।
विदेशबाट आएर रुघाखोकी लागेको, होम क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा बसेको, अस्पतालको आइसोलेसनमा बसेको विरामीलाई समेत यी एम्बुलेन्सहरुले जुनसुकै बेला सेवा पुर्याउने भएका छन् ।
सेवा दिने एम्बुलेन्सहरुको नम्बर,चालकको नाम र फोन नम्बर यसप्रकार छ ।
(१) दमक ः हरि हिमा ढकाल स्मृति प्रतिष्ठान, मे१च ५६४१ (टंक ढकाल ९८५२६७५०७५)
(२) विर्तामोड ः पदमप्रसाद उप्रेती स्मृति प्रतिष्ठान, मे१च ८९९ (विकास खड्का ९८४२७१४९७७)
(३) मेचीनगर ः मेची उद्योग बाणिज्य संघ, मे१च ९२१ (कुमार खड्का ९८४२६३३८२७)
(४) कनकाई ः प्रधान डाग्नोस्टिक सेन्टर, मे१च १२९६ (गणेश विक ९८१७९९११३६)
(५) कचनकबल ः कचनकवल गाउँपालिका, प्रदेश१००१झ (हिरण्यप्रसाद ढुंगेल ९८२४०६८५५४)
(६) भद्रपुर ः मेची अञ्चल अस्पताल, (सम्पर्क ९८५२६७६०९०)
(एम्बुलेन्सको फोटो नेपालको होइन । गुगलबाट लिइएको हो ।)