पीसीआरको परीक्षण शुल्क घट्यो

  प्रकाशित मिति
५ माघ २०७८, बुधबार २०:०७


झापा, ५ माघ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन सरकारीमा ८ सय र निजी अस्पतालमा एक हजार ५ सय तोकेको छ ।

यसअघि सरकारीमा १ हजार र निजीमा २ हजार परीक्षण शुल्क तोकिएको थियो ।

बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले परीक्षण किटको मुल्य घटेकाले पीसीआर शुल्क घटाइएको बताए ।

त्यस्तै, सरकारी ल्याबमा कोरोना संक्रमणको लक्षण भएकालाई निःशुल्क परीक्षण गरिराखिएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: