पीसीआर टेष्ट अब निजी अस्पतालमा पनि, खर्च सरकारले ब्योहर्ने

  प्रकाशित मिति
३२ जेष्ठ २०७७, आईतवार १९:१६


झापा । सरकारले निजी अस्पताललाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ ।

निजी ल्याबले पनि भाइरस परीक्षणका लागि आरडीटी र पीसीआर गर्न पाउने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरेर परीक्षण गर्न पाउने बताए । परीक्षणका लागि लाग्ने खर्च सरकारले ब्योहर्ने उनले बताए ।

‘अब आवश्यक प्रक्रिया पुरा गरी निजी ल्याबलाई पनि जाँच्न दिने ब्यवस्था गरिएको छ । यसका लागि लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यवस्था गरेको छ,’ उनले भने ।

पीसीआर परीक्षणको संख्या बढ्न नसकेको भन्दै आलोचना हुन थालेपछि सरकारले संख्या बढाउने बताएको थियो । झण्डै तीन महिनाको अवधिमा सरकारले जम्मा १ लाख ३३ हजार ३ सय ७७ जनाको कोरोना भाइरस परीक्षण गरेको छ ।

सरकारले यसअघि परीक्षण गर्न चाहनले आफै पैसा तिरेर निजी अस्पतालमा पीसीआर परीक्षण गर्न पाउने ब्यवस्था गरेको थियो । तर, कति तिरनुपर्ने भन्नेमा एकिन नभएपछि सरकार यसबाट पछि हटेको थियो । (पहिलोपोष्टबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: