मेचीनगर । पीसीआर ल्याब स्थापनाका लागि मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विहीवार बिर्तामोडमा एक कार्यक्रमकाबीच ‘एकका लागि एक अभियान’ लाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाका लागि मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रवि नेपाल, कार्यकारी निर्देशक गोपाल बस्नेत तथा मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलाले संयुक्त रुपमा ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
अभियानको तर्फबाट सह–संयोजक बिनोद बस्नेत, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेल र वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले रकम ग्रहण गरेका थिए ।
अभियानका सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै एकका लागि एक अभियानले विश्वभर रहेका झापालीलाई एक ठाउँमा जोडेको बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले एकका लागि एक अभियानमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागिता बढेको भन्दै खुशी व्यक्त गरे ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष तिम्सिना र भन्सार एजेन्ट संघका अध्यक्ष निरौलाले अभियानमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।