पीसीआर ल्याब स्थापनाका लागि सहयोग जुट्दै

  प्रकाशित मिति
२८ जेष्ठ २०७७, बुधबार १५:२६


मेचीनगर । झापामा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापनाका लागि ‘एकका लागि एक अभियान’ ले धमाधम सहयोग जुटाउन थालेको छ ।

जनस्तरबाट मुलुकमै पहिलो पटक स्थापना गर्न लागिएको पीसीआर ल्याबका लागि विभिन्न सामाजिक संस्था तथा व्यक्तिगत रुपमा पनि दाताहरुबाट सहयोग जुटाउने काम धमाधम भइरहेको हो ।

बुधवार मात्र एक लाख १२ हजार रुपैयाँ जुटेको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।

बिर्तामोडमा एक कार्यक्रमकाबीच नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाले ५१ हजार, निर्माण व्यवसायी शैलेन्द्र कुरुङ्वाङले ५० हजार र छठ समाज सेवा समिति बिर्तामोडले ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

अभियानको तर्फबाट सह–संयोजक बस्नेत, सल्लाहकार नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, सदस्यहरु बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले रकम ग्रहण गरेका थिए ।

नेपाल मार्वल तथा टायल्स व्यवसायी संघ झापाको तर्फबाट अध्यक्ष कुशल खतिवडा, द्वितीय उपाध्यक्ष जयप्रसाद सिटौला, सचिव मनहरि विमली, सहकोषाध्यक्ष नेत्रप्रसाद विमली, सदस्यहरु विजय गोयल र डम्बर भण्डारीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै लायन्स क्लब अफ अनारमनीका अध्यक्ष, निर्माण व्यवसायी तथा लायन्सका जोन चेयर पर्सन शैलेन्द्र कुरुङ्वाङले अभियानका लागि रकम हस्तान्तरण गरेका थिए ।

छठ समाज सेवा समितिको तर्फबाट अध्यक्ष घनश्याम चौधरी, पूर्वअध्यक्ष देवेन्द्रकुमार सिंह, महासचिव मनोज रौनियार, कोषाध्यक्ष राजकुमार साह, सहकोषाध्यक्ष अशोक चौधरी, सदस्यहरु बरुण चौधरी, बिक्की चौधरी र अनन्तलाल महतोले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि छिटोभन्दा छिटो पीसीआर ल्याब स्थापना गर्न सबैलाई सहयोगका लागि आव्हान गरे ।

उनले विशुद्ध मानवीय र सामाजिक सेवाको भावनाले अभियान अघि बढेको बताए । अभियानले रकम कम भएर पनि मन र भावना भएका सबैलाई जोडेर अघि बढ्न खोजेको उनको भनाई छ ।

सहयोगी दाताहरुले उक्त अवसरमा आगामी दिनमा पनि सहयोग निरन्तर राख्ने प्रतिबद्धता जनाएका छन् । अभियानका सल्लाहकार लोकराज ढकालले अभियान अन्तर्गत झापामा अतिआवश्यक पीसीआर ल्याब स्थापनाको अनुकरणीय काम हुन लागेको भन्दै त्यसका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

केही समयभित्रै झापामा स्थापना गरिने पीसीआर ल्याबको सम्पूर्ण लागत एक करोड १५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।
अभियानमा विभिन्न सामाजिक संघ–संस्था साझेदारका रुपमा आवद्ध भएका छन् ।

एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, जिल्ला सहकारी संघ, प्रदेश सरकार तथा झापाका स्थानीय सरकारको सहकार्य र समन्वयमा पीसीआर ल्याब स्थापना हुने अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: