पुनर्जीवनले जन्मियो गोर्खा फाउन्डेसन

  प्रकाशित मिति
२० कार्तिक २०७५, मंगलवार ०७:१५


विर्तामोड । युवा व्यवसायी वीरबहादुर दर्नालले भविष्यमा करोडसम्मको कोष पुर्याउने लक्ष्यका साथ गोर्खा फाउन्डेसन नामक सामाजिक संस्था स्थापना गरेका छन् ।

विर्तामोडमा गोर्खा टेलरिङ र बर्गर कर्नर सञ्चालन गरिरहेका उनले स्थापना गरेको फाउन्डेसनको सोमवार एक समारोहविच समाजसेवी गोपालकुमार बस्नेतले उद्घाटन गरे ।

बर्गर कर्नरमै भएको कार्यक्रममा समाजसेवी बस्नेतले व्यानर उघारेर फाउन्डेसनको उद्घाटन गरिरहँदा दर्जनौँ सामाजिक अभियन्ता, दलका नेता, व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

व्यवसायको आर्जनबाट सामाजिक सेवामा केही योगदान गर्ने हुटहुटीका कारण फाउन्डेसन स्थापनाको सोच आएको आफ्नो मन्तब्यमा फाउन्डेसनका संस्थापक दर्नालले बताए ।

एक वर्ष अघि डेङ्गु सङ्क्रमणबाट सिकिस्त भएका बेला शुभचिन्तकहरुको सहयोगबाट पुनर्जीवन पाएको हुँदा बाँकी जीवनलाई समाजको सेवामा समर्पित गर्न समेत फाउन्डेसनको गठन गरेको उनले बताए ।

४७ वर्षीय दर्नालले ४७ रुपैयाँ फाउन्डेसनको कोषमा सुरुमा जम्मा गरेको जनाएका छन् । रकम सानो भए पनि आफ्नो कमाइको एउटा हिस्सा निरन्तर कोषमा जम्मा गर्दै जाने र फाउन्डेसनलाई व्यावसायिक रुपमा अगाडि बढाउने लक्ष्य भएको उनले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् समाजसेवी गोपाल कुमार बस्नेतले युवा व्यवसायी दर्नालले फाउन्डेसनको निर्माण गरेर उदाहरण प्रस्तुत गरेको धारणा व्यक्त गरे ।

जुन समाजमा बसिन्छ, त्यही समाजको हितमा केही कमाई खर्च गर्नु पर्छ भन्ने दर्नालको सोच सराहनीय भएको बस्नेतको भनाई थियो ।

फाउन्डेसनका अध्यक्ष दर्नालकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार स्वस्तिका आचार्यले सञ्चालन र महासचिव रञ्जित परियारले स्वागत भाषण गरेका थिए ।

नेपाल अलैची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई र पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले फाउन्डेसनको सफलताका लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल पत्रकार महासङ्घ झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, मेचीनगर प्रेस क्लवका अध्यक्ष ज्ञानेन्द्र निरौला, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियार, बोस्टन एजुकेसनका प्रबन्ध निर्देशक सुमन जमरकट्टेल, कुबेर श्रेष्ठ, जगत वाग्ले, तारा प्रसार्इँ, फाउन्डेसन सदस्य जुनिता घले लगायतको उपस्थिति थियो ।

फाउन्डेसनका अध्यक्ष दर्नाल गत गम्भीर विरामी हुँदा सहयोग पुर्याउनेहरुलाई सो अवसरमा खदा लगाएर धन्यबाद ज्ञापन गरिएको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: