पुनर्जीवन पाएर हर्षित भइन् खातुन

  प्रकाशित मिति
२५ माघ २०७४, बिहीबार १८:३९


भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालले गर्भ मै मृत्युको मुखमा पुगेको एक शिशु र उनकी आमालाई उपचारको माध्यमबाट पुनर्जीवन प्रदान गर्न सफलता पाएको छ ।

कचनकवल–६ वनियानी निवासी मेसेर मियाकी पत्नी एमिका खातुनको गर्भमा रहेको बच्चा मृत्युको मुखमा पुगेको अवस्थामा आमाको सफल अप्रेशन पश्चात आमा र बच्चा दुबैलाई बचाउन सकिएको अस्पतालले जनाएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क सेवा लिन आएकी आर्थिक स्थिति कमजोर भएकी खातुनलाई अस्पतालका महिला तथा प्रसुति रोग विशेषज्ञ डा.सुमन सिंह र वाल रोग विशेषज्ञ डा. भविष्य श्रेष्ठ सहितको टोलीले १५ दिनसम्मको उपचार प्रयासमा बचाएको हो ।

मृत्युको अवस्थामा पुगिसकेको बच्चा र आमालाई उपचारबाट स्वस्थ पारिएको अस्पतालका सञ्चालक बालकुमार पोखरेल साईरामले जानकारी दिए ।

गर्भमा बच्चा ४ महिनाको हँुदा लहैलहैमा लागेर गर्भपतनको औषधि खाएकै कारणले गर्भमा रहेको वच्चाको मुटुले अत्यन्त कम मात्रामा काम गर्ने गरेको, गर्भभित्रै बच्चाले दिसा गर्न थालेको, आमाको पाठेघरको मुख खुल्न नसकेको लगायतका थुप्रै जटिल समस्याहरु देखा परेको हुँदा खातुनको र उनको बच्चाको स्वास्थ्य गम्भीर अवस्थामा पुगिसकेको थियो ।

तर धेरै मिहेनत र सफल अप्रेसनपश्चात पहिलोपटक ओमसाई हस्पिटलमा यस्तो उपचारको सफलता प्राप्त गर्न सकिएको डा. सुमन सिंहको भनाई छ ।

उनले अन्य अस्पतालमा भए यो उपचारमा ५ लाख भन्दा बढी खर्च लाग्ने तर विपन्न अवस्थाको कारण अस्पतालले ५० प्रतिशत भन्दा बढी छुट गरी सेवा प्रदान गरेको सञ्चालक साइराम बताउँछन् ।

आर्थिक कमी कमजोरीका कारण उपचार नगरी घरै लैजाने तयारी भएको अवस्थामा अस्पतालले सहुलियतमा सेवा गरेको समेत उनले वताए ।

वर्थ एक्सफिक्सिया अथवा मुटुको धड्कन कम र अक्सिजनको मात्रा दिमागमा नपुगेकाले जटिल अवस्था रहेको वताउँदै डा. भविष्य श्रेष्ठले जटिल अवस्थाको यस्तो केसमा एनआईसीयुमा राखेर १५ दिनसम्मको निरन्तर प्रयासवाट उपचार र वच्चाको स्वास्थ्यमा सफलता प्राप्त हुन सकेको वताए ।

खातुनको यो सातौ सन्तान हो । यस अघि सबै छोरीहरु जन्मेको हुँदा छोरो पाउने लालसाले धेरै सन्तान जन्मिएको हो ।

उपचारको लागि पैसा नभएर उपचार नगरी बच्चा र आमालाई घरमै लैजान लागेको भन्ने थाहा पाएर भद्रपुरकी सामाजिक अगुवा राधा कार्कीले खातुनको उपचारका लागि ४० हजार रुपैयाँ सहयोग गरेको वताइन् ।

उनले यो वच्चाको स्याहार सुसारमा आफैले सहयोग गर्ने वताउँदै शिक्षा दिक्षामा समेत आफैले सघाउने वताइन् ।

उनै कार्कीको पहलमा बच्चाको उपचार खर्चका लागि कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले नगद २० हजार सहयोग गरेका छन् भने अन्य स्थानीय युवाहरुवाट समेत नगद सङ्कलनको कार्य भइरहेको कार्कीको भनाई छ ।

गरिव र दुःखी विमारीहरुको सेवामा सवै अस्पतालहरुले सहयोग गर्दै जानु पर्ने स्थानीय अगुवा तथा भद्रपुर वार्ड नं. ७ का वार्ड अध्यक्ष विनोदकुमार पोखरेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: