पुनर्स्थापना गृहबीच फुटसल प्रतियोगिता

  प्रकाशित मिति
८ पुष २०७७, बुधबार १८:२९


झापा, ८ पुस । नसारहित समाजको अभियानमा होमिएको झापाको नेपाल लागु औषध पुनर्स्थापना संघले लागु औषधको दुव्र्यसनबाट मुक्त युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

संघले आज मेचीनगरमा पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । मेचीनगरको धुलावारीस्थित सनराइज सुधार केन्द्रमा पुस १० र ११ गते सचालन हुने फुटसल प्रतियोगितामा झापाका १८ वटा पुनर्स्थापना केन्द्रको सहभागिता रहने कार्यक्रमका संयोजक भीम लुइँटेलले बताए ।

‘लागु औषधविरुद्ध खेल’ भन्ने नाराका साथ हुने सो प्रतियोगिताका विजयीलाई शिल्ड र कप प्रदान गरिने नेपाल लागु औषध पुनस्र्थापना संघ झापाका सचिव राजेश गुरुङले जानकारी दिए ।

संघका महासचिव बुद्धि सुब्बाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सनराइज सुधार केन्द्रका सञ्चालक फुर्वा शेर्पाले समाजलाई नसारहित बनाउन अभिभावक, नागरिक समाज र स्थानीय सरकारको सहयोगी भूमिका रहनु पर्ने धारणा व्यक्त गरेका थिए ।

गत वर्ष पनि यो प्रतियोगिता भएको थियो । त्यसबेला धुलावारीको सनराइज सुधार केन्द्रले प्रतियोगिता जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: