पुराना पत्रकार श्रेष्ठ पुरस्कृत

  प्रकाशित मिति
१ मंसिर २०७६, आईतवार १६:००


मेचीनगर । नेवा पत्रकार राष्ट्रिय दबू केन्द्रीय कार्यसमितिले झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठलाई पुरस्कृत गरेको छ ।
दबूको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय महाधिवेशनमा ज्ञानज्योति लक्ष्मीप्रभा लुमान्ती पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् । पुरस्कार स्वरुप उनलाई नगद २० हजारसहित प्रमाणपत्र वितरण गरिएको छ ।
स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित नभएपछि उक्त पुरस्कार उनका ज्वाइँ बसन्त श्रेष्ठले ग्रहण गरेका थिए । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वितरण गरेका थिए । लामो समयदेखि मृगौला रोगबाट पीडित पत्रकार श्रेष्ठ धुलाबारी निवासी हुन् ।
त्यस्तै, कार्यक्रममा ज्ञानदेवी मणिरत्न स्थापित लुमान्ती पत्रकारिता पुरस्कारबाट सुनसरीका याम प्रधान पुरस्कृत भएका छन् । उनले नगद १२ हजारसहित प्रमाणत्र पाएका छन् ।
बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारबाट मोहन दुवाल र बाबुराजा पत्रकारिता पुरस्कारबाट रत्न श्रेष्ठ पुरस्कृत भए । सम्मानित दुवैजनालाई नगद १०÷१० हजार रुपैयाँ तथा प्रमाणपत्रले पुरस्कृत गरिएको दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: