पुरानो सदरमुकाममा काङ्ग्रेसको वर्चस्व

  प्रकाशित मिति
१९ असार २०७४, सोमबार २२:१५


jaya narayan

झापा । झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार जयनारायण साह अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी ४३९४ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । साहका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र ताम्लीले ३७८९ मत ल्याए ।

साह काङ्ग्रेसको क्षेत्रीय सभापति हुन् । उनी कुमरखोद गाविसका पूर्व गाविस उपाध्यक्ष तथा दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति भइसकेका व्यक्ति हुन् ।

उपाध्यक्षमा भने ३८२८ मत ल्याउँदै एमालेबाट उम्मेदवार बनेकी कुन्ती बुढाथोकी विजयी भएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी बसुन्धरा थपलियाले ३५७६ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: