पुलिस क्लव विजयी

  प्रकाशित मिति
६ मंसिर २०७४, बुधबार १७:५८


मेचीनगर । झापाको मेचीनगरमा बुधबारदेखि शुरु भएको मेची नेत्रालय काँकरभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको विभागिय टोली नेपाल पुलिस क्लबले विजयी यात्रा शुरु गरेको छ ।

काँकरभिट्टा माविको मैदानमा भएको खेलमा भारत कोलकत्ताको सुवास चन्द्र बोइज क्लबलाई ४ शुन्य गोलको अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।
जुमानु राईको कप्तानीमा मैदान प्रवेश गरेको पुलिसकालागि खेल शुरु भएको १० औँ मिनेटमा भोला सिलवालको क्रसमा तीर्थ रानाले गोल गरेका थिए ।

१७ मिनेटपछि तीर्थ रानाले पुनः गोल गरेर खेललाई २ शुन्यले अगाडी बढाए । पुलिसकातर्फबाट २४ मिनेटमा रवि पासवानको क्रसमा भोला सिलवालले गोल गर्दै मध्यान्तरअघिसम्म ३ शुन्यमा पुर्याए । खेलको ७९ औँ मिनटमा तेज तामाङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच तीर्थ राना घोषित भए । उनललाई मेची नेत्रालय काँकरभिट्टाले उपलब्ध गराएको नगद १० हजार रुपैयाँ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले प्रदान गरेका थिए । भोलिको खेल सशस्त्र प्रहरीको विभागिय टोली एपीएफ काठमाडौंं र रुपन्देही ११ बीच हुने आयोजक क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: