पुल भत्किने अवस्था किन आयो ?

  प्रकाशित मिति
१६ जेष्ठ २०७६, बिहीबार २०:४०


मेचीनगर । सङ्घीय सरकारको बहुप्रतिक्षित बजेटको खबर अग्रपृष्ठमा छापिदै गर्दा लोकतन्त्र पोस्टको अर्को छेउमा ‘पुल बनाउँदा बनाउँदै भत्कियो’ भन्ने अर्को खबर छापिएको थियो ।

मेचीनगर–११ स्थित हडिया खोलामा ९ वर्ष अघि निर्माण सुरु भएको उक्त पुल यति लामो अवधिसम्म अधुरै थियो । अहिले आएर पुलको अन्तिम भाग जोड्ने गरी नयाँ निर्माण गर्दागर्र्दै पुल भत्किएको हो । मुलुकमा कसरी बजेटको खर्च हुन्छ र विकास निर्माणको अवस्था कस्तो छ भन्ने देखाउन यही हडिया पुल पर्याप्त छ । यो पुल निर्माणमा चरम अनियमितता भएको छ ।

सो क्षेत्रमा एउटै खोलामा दुईवटा पुल बनाइएका थिए । एक किलोमिटर नजिकको दुरीमा दुई दुई वटा पुल केका लागि ? यसमा प्रश्न उठेको थियो ।

पुलका लागि बजेट कि बजेटका लागि पुल चाहिएको हो ? आवश्यकता अनुसार विकास निर्माण कार्य हुँदा मात्र त्यसलाई सर्वसाधारणले उपयोग गर्दछन् ।

पुलको निर्माणमा ढिलासुस्तीका पनि धेरै कारण छन् । कमसल गुणस्तरको निर्माण सामग्रीको प्रयोगले पनि निर्माण कार्य कमजोर हुन्छ ।

अर्कातिर निर्माण व्यवसायीको लापर्वाहीका कारण धेरैजसो निर्माण कार्य काम नलाग्ने खालका भएका छन् । तेस्रो कारण सरकारकै लापर्वाही पनि हुनसक्छ । सरकारले योजना सुरु गरिसकेपछि पर्याप्त बजेट दिनु पर्छ ।

योजना दिने तर बजेट नदिने हो भने पुल, सडक जस्ता विकासे काममा निश्चय नै ढिलासुस्ती हुने गर्दछ । हडियाको पुलमा कुन कारण जिम्मेवार छ, त्यसको छानविन हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: