पुष्पकमल दाहाल बने प्रधानमन्त्री

  प्रकाशित मिति
२० श्रावण २०७३, बिहीबार ०९:२०


Prachand-in-Tanahu-1-460x306
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । यसअघि उनी २०६५ साउनमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । पहिलो संविधानसभा उनले ९ महिना सरकारको बागडोर सम्हाले । तत्कालीन प्रधानसेनापछि रुक्माङ्गत कटवाललाई हटाउने निर्णय विवादमा परेपछि दाहालले राजीनामा दिएका थिए ।

१० बर्षे जनयुद्धको नेतृत्व गर्दै लामो समय भूमिगत जीवन बिताएका दाहाल २०६३ असार २ गते खुला राजनीतिमा सार्वजनिक भएका थिए ।

दाहालको जन्म पश्चिम नेपालको कास्कीको लेवाडेमा २०११ मङ्सिर २६ गते भएको थियो । पिता मुक्तिराम दाहाल र माता भवानीको कोखबाट जेष्ठ छोराको रुपमा जन्मेका दाहालको परिवार उनी ८ बर्षको हुँदा चितवन बसाइँ सरेको थियो । २०२६ सालमा एसएलसी उत्तीर्ण गरेका दाहालले रामपुर कृषि क्याम्पसबाट बीएस्सी एजी गरेका छन् ।

२०२८ मा पुष्पलाल समूहबाट राजनीतिमा प्रवेश गरेका दाहाल चौथो महाधिवेशन हुँदै २०३५ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडाँै–१० र रोल्पा–२ संविधानसभा सदस्य बनेका दाहाल दोस्रो संविधानसभामा सिराहा– ५ बाट निर्वाचित भएका थिए । उनले काठमाडाँैं –१० बाट पराजय ब्यहोरेका थिए ।

२०४० सालमा युवक सङ्घको अध्यक्ष बनेका दाहाल असफल सेक्टरकाण्ड पछि पार्टीको बागडोर सम्हाल्न पुगे । २०४६ मा नेकपा मसालको महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री दाहाल नै भए । सेक्टरकाण्ड पछि मोहन वैद्यले दाहाललाई पार्टी नेतृत्वमा ल्याएका थिए । त्यस पछि उनी अहिलेसम्म पार्टीको नेतृत्वमा छन् ।

२०५१ सालमा नेकपा एकता केन्द्रको विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा माओवादी राख्दै २०५२ देखि जनयुद्ध सुरु गरेको थियो । उनी २०५७ मा नेकपा माओवादीको अध्यक्ष बनेका थिए । त्यसअघि २०५१ देखि नेकपा माओवादीको महामन्त्री थिए । कक्षा–१० सम्म छविलालको नामले चिनिने उनले त्यही समय नाम परिवर्तन गरी पुष्पकमल बनाएका थिए । भूमिगत समयमा कल्याण, विश्वास, निर्माण जस्ता भूमिगत नाम राखेका उनी प्रचण्डको नामले चर्चित छन् ।

जनयुद्धको समयमा माओवादीले बनाएको जनमुक्ति सेनाका सर्वोच्च कमाण्डरसमेत दाहाल नै थिए । कास्की हेम्जाकी सीता पौडेलससँग विवाह गरेका दाहालका तिन छोरी र एक छोरा छन् । दाहालले करिव २ वर्ष गोरखाको आरुघाटमा अध्यापन समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: