पूर्ण खोप गाविस घोषणा

  प्रकाशित मिति
११ माघ २०७३, मंगलवार १९:२८


khop

भद्रपुर । झापाको धरमपुर गाविस मंगलबार पूर्ण खोप गाविस घोषणा भएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ प्रमुख नाराकासाथ एक समारोहबीच सो गाविस पूर्ण खोप गाविस घोषणा भएको हो ।

झापामा धरमपुरसहित २२ गाविस र चारवटा नगरपालिका पूर्ण खोप घोषणा भइसकेका छन् भने अगामी जेठ मसान्त भित्रमा यो जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्यका साथ जिल्ला जनस्वास्थ्य कार्यालयले काम गरिरहेको खोप अधिकृत ईश्वरी पौडेलले बताए ।

सो अवसरमा स्थानीय विकास अधिकारी खेमराज ओझाले संविधानमा प्रदत्त अधिकारअनुसार बालबालिकालाई लगाइने खोपले जनस्वास्थ्यमा धेरै परिवर्तन ल्याउने बताए

धरमपुर गाविसका सचिव पूर्णशम्शेर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख मधुसुधन कोइराला र स्वास्थ्यकर्मी वेदनिधि निरौलाले खोपका विविध पक्षमाथि प्रकाश पारेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: