पूर्वका तीन पार्टीबीच एकता

  प्रकाशित मिति
८ चैत्र २०७३, मंगलवार ११:४३


बिर्तामोड । सङ्घीय लिम्बुवान पार्टी नेपाल, किरात जनवादी वर्कस पार्टी र नेपाल इन्डिजिनिष्ट विचार समूहबीच एकता भएको छ ।

सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी ती पार्टीका नेताहरुले चारबँुदे सहमतिका साथ पार्टी एकता भएको घोषणा गरेका हुन् । वृहत्तर लिम्बूवान एकता भेडेटारको निरन्तरताका रुपमा पार्टी एकता गरिएको सङ्घीय लिम्बूवान पार्टी नेपालका महासचिव सूर्य माखिमले जानकारी दिए ।

सहमति पत्रमा किरात जनवादी वर्कस पार्टीका अध्यक्ष नवीन किराती, नेपाल इन्डिजिनिष्ट विचार समूहका संयोजक लासीम पालुङ्वा, समूहका राजकुमार नाल्बो, सङ्घीय लिम्बुवान पार्टी वरिष्ठ नेता तथा वार्ता संयोजक राभक्त कुरुम्वाङ, पार्टीका उपाध्यक्ष तथा वार्ता समिति सदस्य निश्चलता लावती र पार्टीका उपमहासचिव तथा वार्ता समिति सदस्य लाजेहाङ साम्युले हस्ताक्षर गरेका छन् ।

घोषणा सभामा किरात जनवादी वर्कस पार्टीका अध्यक्ष नविन किरातीले समय सापेक्ष पार्टीलाई रुपान्तरण गर्न एकता गरिएको बताए । ‘टुटफुट भन्दा पनि एकजुट भई अघि बढे आफ्ना एजेन्डालाई स्थापित गर्न सकिन्छ’, उनले भने–‘आदिवासी जनजातिको मुद्दा स्थापित गर्ने हाम्रो मूल एजेन्डा हो, त्यसलाई पूरा गर्न पार्टी एकता आवश्यक छ ।’

त्यस्तै, घोषणा सभामा नवीन किराती र राजकुमार नाल्बोलाई पार्टीको उपाध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टीको महासचिवमा लासिम पालुङ्वा, विभागीय सचिवमा ज्ञानु इङ्नाम, हितबहादुर क्याप्छाकी, पम्फा खम्बूलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: