पूर्वका प्रहरीहरू ‘कमाउ धन्धा’तिर

  प्रकाशित मिति
२८ मंसिर २०७२, सोमबार ०५:३३


11057506_10203132435552340_7327555151007796318_n
पहिले को भन्दा को कम भन्दै राम्रो काम गर्न अग्रसर हुने पूर्व क्षेत्रका प्रहरीहरू आजकल सुस्त अवस्थामा छन् । केहीलाई छाडेर धेरैमा राम्रो काम गर्ने जाँगर त परै जावोस् नियमित ड्युटी पनि भारी झै हुन थालेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयले पूर्वाञ्चलका १६ जिल्लामा भएका ठूला अपराधका घटना सुक्ष्म रुपले  अनुसन्धान गर्न र प्रहरीको काम र आचरण निगरानी गर्न बिशेष अनुसन्धान समूह  सव्रिmय रुपले परिचालन गर्दै आएको थियो ।

बिशेष अनुसन्धान समूह परिचालन गर्न थालेपछि पूर्व क्षेत्रमा प्रहरी आचरणमा उल्लेख्य सुधार आएको थियो । यसैगरी व्युरोकै कारण सङ्गठित रुपमा हुँदै आएका धेरै अपराधिक गिरोहदेखि गुण्डागर्दी, बेश्याबृत्ति, तस्करी, लागू औषध कारोबार आदि अनेक अपराधको ‘नेक्सस’ भत्काउन प्रहरी सफल भएको थियो । जसले गर्दा बदनाम भएको नेपाल प्रहरीले नागरिकको नजरमा स्यावासी पनि पाउन थालेको थियो ।

तर पूर्व क्षेत्रमा डीआईजी माधवराज जोशी आएपछि हाल अपराध अनुसन्धान व्युरो निस्व्रिmय भएको छ । व्युरो निस्व्रिmय भएसँगै पहिले को भन्दा को कम भन्दै राम्रो काम गर्न अग्रसर हुने प्रहरीहरू पनि सुस्त हुन पुगेका हुन् । अपराध अनुसन्धान बिशेष व्युरो निस्व्रिmय भएको फाइदा उठाउँदै आजकल धेरै इलाका, चौकी, जिल्ला प्रहरीहरूले नियमित सूचना पनि उपलव्ध गराउन छाडेका छन् । तर केही सिर्जनशिल प्रहरीहरूले मात्र आफ्नै चाहनाले केही राम्रा कामहरू गर्ने गरेका छन् ।

प्रहरी स्रोतका अनुसार पहिले डीआइजीको निर्देशनमा जाँगरिला डीएसपी मार्फत परिचालन हुँदै आएको बिशेष व्युरो हाल एक जना सईमा सीमित हुन पुगेको छ । तर सई पनि कामको अभावमा धेरै समय नियमित काममै लाग्ने गरेका छन् ।

डीआईजी जोशीले लामो मधेश आन्दोलनले गर्दा जनशक्ति सबै उतै केन्द्रित हुनुपरेकोले अपराध अनुसन्धान व्युरोमा जनशक्ति कम हुँदा पहिले झै सव्रिmय हुन नसकेको तर निस्व्रिmय नहेको बताएका छन् । तर प्रहरी स्रोतका अनुसार डीआईजी माधवप्रसाद जोशीले नै अपराध अनुसन्धान व्युरोलाई सव्रिmय बनाउन नचाहेका हुन् । जागिरे जीवनबाट रिटायर्ड हुन लागेका उनी सिर्जनात्मक काम गरेर जोखिम मोल्नु भन्दा यथास्थितिमा टिकीरहन रुचाउँछन् । क्षेत्रको उच्च नेतृत्व शिथिल भएको र आचरण व्रmस चेक गर्ने बिशेष व्युरो र ‘कमर्सियल ¥यापिड फोर्स’ पनि सव्रिmय नभएकोले पहिले राम्रो काम गर्न होडबाजी गर्ने प्रहरीहरू पनि  हाल कसरी हुन्छ कमाउनु पर्छ भन्ने मनस्थितिमा पुगेका छन् । आचरण व्रmस हुन थालेपछि कमाउन पाइँदैन कामको जोखिम मात्र बढि हुन्छ भनेर सिमा क्षेत्र र हाइवेमा जान नचाहने प्रहरीहरू हाल धमाधम रुचाएका इलाकाहरूमा बहाल भएका छन् । उनीहरूले त्यहाँ राम्रो काम गरेर देखाउने भन्दा पनि आफ्नो जीविका चलाउनमै व्यस्त हुने गरेका छन् ।

पूर्व क्षेत्रमा तत्कालिन एआइजी सुरेन्द्रबहादुर शाह आएसँगै जगजगी रहेको अपराध अनुसन्धान नियन्त्रण गर्ने बिशेष व्युरोले सव्रिmयता पाएको थियो । हाल एआईजी रहेका शाहले पूर्व क्षेत्रीय प्रहरी कार्यालय मातहतमा रहेका प्रहरीहरूको भ्रष्ट र ढिलासुस्ती आचरणमा धेरै सुधार ल्याउन सफल भएका थिए । उनकै समयमा  बिशेष व्युरोले तराई र पहाडमा रहेका भूमिगत सङ्गठनका सङ्गठित अपराधहरू पनि भत्काउन सफल भएका थियो । यसबाहेक सिमा क्षेत्रमा तस्करसँग मिलेमतो गर्ने र ड्युटीमा ढिलासुस्ती र लापर्बाही गर्ने प्रहरीहरू धमाधम कार्वाहीमा परेका थिए । जसले गर्दा पूर्व क्षेत्रको अपराध नियन्त्रण उन्मुख भएको थियो भने डीआइजी शाहले नागरिकबाट वाहवाही पाएका थिए ।

उनीपछि शक्ति प्रयोग गरेर आएका डीआइजी पर्शुराम खत्रीले व्युरो परिचालन गर्न सकेनन् । यथास्थितिमै बस्न रुचाउने र सिर्जनात्मक क्षमता नभएका उनले पहिलेको कामलाई निरन्तरता दिन नसक्दा सुरुबाटै आलोचित हुनुपरेको थियो । उनी पूर्व क्षेत्रमा नसक्दा शाहले बनाएको राम्रो थिति बिग्रन थालेको थियो । तर चाँडै सरुवा भएर उनको ठाउँमा डीआइजी उपेन्द्रकान्त अर्याल आएपछि पुनः व्युरोले सव्रिmयता पाएपछि स्थिति सुधारिएको थियो । हाल नेपाल प्रहरीको आइजीपी रहेका अर्यालले पूर्व क्षेत्रमा रहँदा मातहतका प्रहरीलाई लोभमुक्त राख्दै अपराध नियन्त्रण र आचरणबारे जानकारी लिन व्युरोलाई व्रmस चेकका लागि सव्रिmय रुपले परिचालन गराएका थिए ।
अर्यालपछि आएका डीआइजी नवराज सिलवालले व्युरोलाई अझ सशक्त ढङ्गले परिचालन गर्दै प्रहरीमा राम्रो काम गराउने होडबाजी नै चलाए । उनले राम्रो काम गर्ने प्रहरीको उचित मुल्याङ्कन गरेर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्ने ‘मन्थ अफ दि पुलिस’को कार्यव्रmम सञ्चालन गराए । उक्त कार्यव्रmम अनुसार पूर्व क्षेत्रमा राम्रो काम गर्ने उत्कृष्ट प्रहरीलाई एक महिना अवधिभर महिनाको उत्कृष्ट प्रहरी (मन्थ अफ दि पुलिस) घोषणा गर्न थालियो । मन्थ अफ दि पुलिस घोषित भएका प्रहरीको तारिफ प्रकाशन गर्न पूर्व क्षेत्रीय प्रहरी कार्यालय परिसरमा मन्थ अफ दि पुलिस स्तम्भ निर्माण गराए । उक्त स्तम्भमा उत्कृष्ट हुने प्रहरीको कार्य बिबरण फोटो सहित एक महिना प्रकाशन गर्ने गरिएको छ । हाल पनि उक्त कार्यव्रmमले निरन्तरता पाइरहेको छ । डीआईजी सिलबालले पूर्व डीआइजीहरूले गरेको राम्रो कामलाई निरन्तरता दिँदै प्रहरीलाई सिर्जनात्मक बनाउन नागरिकमैत्री कामहरू गर्न प्रेरित गराउँदै आचरण र गरेका कामहरू निगरानी गर्न ‘अक्युपेसन अप्रेसन टीम’ पनि निर्माण गरे । उक्त टीमले प्रहरीले के र कसरी काम गरिरहेको भन्ने सुक्ष्म निगरानी गर्ने गर्दथ्यो ।

supari

बिशेष व्यूरो र अक्युपेसन फोर्स सव्रिmय भएपछि पूर्व क्षेत्रमा बिभिन्न जातीय सङ्गठनका नाममा हुँदै आएको अपराध, हाइवे डकैती, टेन्डर र शहर बजारमा हुने गुन्डागर्दी, मानव अपहरण र फिरौती लिने गिरोह पनि ध्वस्त भएको थियो । यसैगरी हतियारको कारोबार, तस्करी र बेश्याबृत्ति अनि लागु औषध ओसारपासर पनि घटेको थियो । व्युरो सव्रिmय भएपछि पूर्वमा प्रहरीहरू, नागरिसकँसग जोडिन बिभिन्न  सिर्जनामत्क कामहरू पनि गर्न अग्रसर हुने गरेका थिए । बिशेष अनुसन्धान समूह निर्माण गरेर अपराधको सुक्ष्म अनुसन्धान गर्न थालेपछि उल्लेख्य सुधार हुन थालेको हो । बिशेष अनुसन्धान समूह परिचालन हुन थालेपछि पूर्व क्षेत्रमा छ्याछ्याप्ती देखापरेका तराईको भूमिगत सशस्त्र समूह र पहाडका जातीय सङ्गठनहरू पनि तितरबितर भएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार आजकल पूर्वाञ्चलमा लागू औषध तस्करी, बढन थाल्नुमा पूर्व क्षेत्रको कमाण्ड सुस्त हुनु र अपराध अनुसन्धान व्युरो निस्व्रिmय रहनु नै हो ।

पूर्व क्षेत्रमा औसतमा एक जना प्रहरीले ८ जना नागरिकलाई सुरक्षा प्रदान गर्दै आएको छ । साथै एक प्रहरी कार्यालयले करिब २० बर्ग किलोमिटर क्षेत्रलाई वाच गर्नुपर्छ । यसैगरी एक जना प्रहरीले बर्षमा ७० भन्दा बढि मुद्दाको अनुसन्धान गर्नुपर्ने बाध्यता छ । बिभिन्न राजनीतिक पहुँचका भरमा नियुक्ति पाएका र सरुवा बढुवा भएर आएका प्रहरीहरूको अझै दवदवा रहकोले आचरणमा व्रmस चेक नगरेमा प्रहरीले राम्रो काम गर्न नसक्ने भुक्तभोगीहरू बताउँछन् । पूर्व क्षेत्रको नेतृत्व सुस्त हुँदा राम्रो काम गर्ने चाहना राखेर आएका युवा प्रहरीहरू पनि आफ्नो क्षमता देखाउन नपाउँदा टालटुले काम गरेर दिन गुजार्न बाध्य छन् । दक्ष जनशक्ति, आधुनिक प्रबिधि र यथेष्ट भौतिक स्रोत साधनको अभाव भए पनि पहिले पूर्व क्षेत्रमा प्रहरीले अपराध अनुसन्धानमा उल्लेख्य प्रगति गरेको पूर्व क्षेत्रीय प्रहरीको काम र अपराध अनुसन्धान कार्य  हाल सरकारी काम कहिले जाला घामको अवस्थामा पुगेको छ ।

क्षेत्रमा निर्माण गरिएको बिशेष समूहले अपराध भएका जिल्लाको प्रहरीसँग समन्वय गरेर घटनाको सुक्ष्म अनुसन्धान गर्ने गर्दछ । क्षेत्रीय प्रहरी प्रमुखको प्रत्यक्ष कमान्डमा परिचालन हुने उक्त समूहले आवश्यकता परे केन्द्रिय अनुसन्धान व्युरोसँग पनि समन्वय गर्ने गरेको छ । पूर्व क्षेत्रमा अलग्गै अनुसन्धान टोली परिचालन गर्न थालेपछि जिल्लामा अपराधका घटनामा हुने ढाकछोप र मिलेमतोको व्रmसचेक हुने हुँदा प्रहरीहरू सतर्क रहने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: