पूर्वकै सुविधायुक्त आँखा तथा कान उपचार केन्द्र बन्ने

  प्रकाशित मिति
२५ श्रावण २०७३, मंगलवार ०७:५२


विर्तामोड । आँखा तथा कानका बिरामीलाई सर्वसुलभ सेवा दिने उद्देश्यले पूर्वमै सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।

झापा शनिअर्जुन–९ स्थित सालवारीमा हंशनारायण राजवंशी आँखा तथा कान उपचार केन्द्र बन्ने भएको हो । केन्द्रको अस्पताल भवन दुईवर्ष भित्रमा सुरू गर्ने गरी प्रव्रिmया अघि बढाइएको छ । दानवीर हंशनारायण राजवंशीले केन्द्रका लागि निःशुल्क जग्गा उपलब्ध गराएपछि केन्द्रको भवन निर्माण गर्न लागिएको हो । राजवंशीले विसं. २०५१ सालमा चार बिघा १३ कट्ठा १७ धुर जग्गा केन्द्रलाई दिएका हुन् ।

सोही जग्गामा अस्पताल भवन बनाएर पूर्वका आँखा तथा कानका बिरामीलाई सेवा दिइनेछ । तर, पनि केन्द्रले एकमहिना अघिदेखि स्वास्थ्य सेवा भने सुरू गरिसकेको छ । एकजना मेडिकल प्राविधिकले दैनिकरूपमा आँखा तथा कानका बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । ५० रूपैयाँ शुल्क लिएर बिरामीको जाँच गर्ने काम भइरहेको केन्द्रका सदस्य लवकुश गौतमले बताए । ‘केन्द्र स्थापनापछि अहिले सामान्य रूपमा बिरामीको स्वास्थ्य जाँच भइरहेको छ ।’ उनले भने, ‘अस्पताल भवन निर्माणपछि अझ सेवा विस्तार गर्ने तयारीमा छौँ ।’

उनका अनुसार दुईवर्ष भित्रमा अस्पताल भवनको प्रव्रिmया अघि बढाइनेछ । पूर्वमा आँखा तथा कानको भरपर्दो उपचार नभइरहेका बेला नेत्रज्योति सङ्घले उपचार केन्द्र स्थापना गरेको हो । सङ्घको लगानीमा रहेको अस्पताल सरकारी स्तरको हुनेछ । अस्पतालमा मेडिकल सेन्टर लगायत विशेषज्ञ डाक्टरले सेवा दिनेछन् । ‘नेपालकै नमूना अस्पताल बन्नेछ,’ केन्द्रका सदस्य लोकराज ढकालले भने, ‘ अस्पताल भवन बनेपछि कान तथा आँखाका बिरामी अन्यत्र जानु पर्ने बाध्यता अन्त्य हुनेछ ।

२०३५ सालमा स्थापना भएको नेत्रज्योति सङ्घले देशभर १७ वटा अस्पताल र ७२ वटा उपचार केन्द्र सञ्चालनमा ल्याइसकेको छ । आइतवार भव्य कार्यव्रmमकाबिच हंशनारायण राजवंशी आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रका संयोजक मेमलाल राजवंशीको अध्यक्षतामा भएको कार्यव्रmममा नेत्रज्योति सङ्घ नेपालका अध्यक्ष तिर्थप्रसाद मिश्र, सङ्घका महासचिव श्यामकुमार पोखरेल, सङ्घका केन्द्रीय सदस्य द्रोण गुरागाईं, पद्मनाराण चौधरी, डाक्टर राजन लाभ, डाक्टर पुरूषोत्तम जोशी, रविन्द्रलाल चौधरी, शैलेशकुमार मिश्र, शनिअर्जुन नगरपालिकाका कार्यकारी अधिकृत रूद्रप्रसाद न्यौपाने, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक, काङ्ग्रेसका दीपक तामाङ, नेकपा माओवादी केन्द्रका रोशन कन्दङ्वा लगायतले बोलेका थिए । कार्यव्रmममा कालीबहादुर गण चारआलीका सेनानी दिवाकर खड्का, गायक तथा सङ्गीतकार हस्त परियार लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: