पूर्वमाओवादीका साह, रायमाझी र थापा मन्त्री बन्दै

  प्रकाशित मिति
१० पुष २०७७, शुक्रबार १८:२२


झापा, १० पुस । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन् ।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए ।

आज प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापा मन्त्री बन्न लागेका हुन् ।

उनीहरू तीनै जना पूर्वमाओवादी हुन् । साह श्रम, रायमाझी उर्जा र थापा पर्यटन मन्त्री बन्न लागेको स्रोतले बतायो ।

साह केही दिनअघिसम्म प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी थिए । पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए ।

प्रधानमन्त्री ओलीले आज अरू पनि मन्त्री थप्न सक्ने स्रोतले जानकारी दियो ।

यसैबीच प्रधानमन्त्री ओली साँझ ६ बजेका लागि डाकिएको मन्त्रिपरिषद् बैठक दुई घन्टा पर सारेका छन् । नयाँ मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराउन बैठक ८ बजेका लागि सारिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: