पूर्वमा फोरजी सेवा सुरु गर्ने प्रतिवद्धता

  प्रकाशित मिति
१२ कार्तिक २०७३, शुक्रबार १७:११


बिर्तामोड । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारमा बसेर आफूहरुले राम्रो काम गर्न नसके पनि नराम्रो काम भने नगरेको दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र झापाद्वारा बिर्तामोडमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कार्कीले माओवादी नेतृत्वको सरकार कहिल्यै पनि जनविरोधी र देशलाई अहित हुने खालका क्रियाकलापमा सरिक नहुने प्रतिबद्धता व्यक्त गरे ।

माओवादी नेतृत्वको अघिल्ला दुई सरकारमा गम्भीर गल्ती भएको स्वीकार्दै उनले ती गल्तीबाट पाठ सिकेर वर्तमान सरकार अघि बढिरहेको कार्कीको भनाइ छ । उनले सूचना तथा सञ्चार क्षेत्रमा पूर्व निक्कै पछि परेको भन्दै आफ्नो कार्यकालमा झापाको बिर्तामोड लगायतका प्रमखु शहरहरुमा केही महिनैभित्रै फोरजी इन्टरनेट सेवा सुरुवात गर्ने जानकारी दिए । उनले हरेक हुलाक क्षेत्रलाई सामुदायिक सूचना केन्द्र रुपमा विकास गरेर गाउँ–गाउँका समस्या हुलाकमार्फत् सरकारसमक्ष पु¥याउने योजना रहेको सुनाए । ‘हामी फोर जी सेवामा जाँदै छौँ’,मन्त्री कार्कीले भने,‘अब प्रविधि, शिक्षा, कृषिलगायतका क्षेत्रमा नजोडिएसम्म मुलुकको विकास असम्भव रहेको मन्त्री कार्कीको कथन छ ।

मन्त्री कार्कीले हाम्रो संस्कृति र भाषालाई साझा बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘हामी हरेक हिसाबले अघि छौँ, भाषा संस्कृति मुलुकको साझा सम्पत्ति हो’, उनले भने,‘ यसलाई बचाउने जिम्मा राज्यको हो ।’ जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बोलाइएको कार्यक्रममा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य सावित्रीकुमार काफ्ले, पूर्व स्वास्थ्य राज्य मन्त्री धर्मशिला चापागार्इं, एमाले झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेसका पूर्व उपसभापति देउमान थेवे, सांसदुहरु मोहन टुडु, प्रेमबहादुर गिरी, मनकुमार गौतम, दूर सञ्चार कार्यालयका पूर्वाञ्चल प्रमुख खड्गबहादुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विजय साम्पाङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: