पूर्वराजा लकडाउनले झापामै

  प्रकाशित मिति
२६ चैत्र २०७६, बुधबार १२:१०


दमक । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण यतिबेला झापाको दमकमा छन् ।

यही चैत ३ गते झापा पुगेका पूर्वराजा शाह पत्नी कोमलसँगे दमकस्थित हिमालय गुडरिक चिया बगानभित्रको मिनी दरबारमा लकडाउन पालना गरिरहेका छन् ।

तर उनको परिवारका अन्य सदस्यहरु भने कोही थाइल्याण्डतिर र कोही पोखरातिर छन् । पूर्व युवराज्ञी हिमानी शाह आफ्ना तीन सन्तानसहित थाइल्याण्डमै लकडाउनमा रोकिएकी छन् । उनी त्यहाँ पढिरहेका आफ्ना छोराछोरीलाई भेट्न गएकी थिइन् ।

यस्तै, छोरा पारस भने धेरै अघिदेखि नै घर–परिवारबाट बाहिर रहने गरेकाले परिवारका कसैको पनि सम्पर्कमा नभएका बुझिएको छ । उनी पोखरामा गुप्तबासमा रहेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: