पूर्वराजा सवारी पास लिएर फर्किए काठमाडौं

  प्रकाशित मिति
२ जेष्ठ २०७७, शुक्रबार ०९:२६


मेचीनगर, २ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय दरवारबाट आम नागरिकले झैं जिल्ला प्रशासनबाट सवारी पास लिएर आज विहान सपरिवार काठमाडौं फर्किएका छन् ।

कोभिड १९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुभन्दा अघिदेखि पूर्वराजपरिवार झापाको हिमालय महालक्ष्मी चिया बगनास्थित दरबारमा बस्दै आएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, पूर्वराजाका निजी सचिव र अन्य २ जना गरी ेत पाँच जनाको सवारी पास जारी गरिएको बताए ।

पूर्वराजा शाहको तर्फबाट उनको सचिवालयले काठमाडौं जानका लागि विहीवार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि गृहमन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: