पूर्वाञ्चल पत्रिकाद्वारा १०१ पत्रकारको कोरोना बीमा

  प्रकाशित मिति
३० जेष्ठ २०७७, शुक्रबार २०:२९


मेचीनगर । पूर्वाञ्चल दैनिक बिर्तामोडले झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार कोरोना उपचार बीमा गरिदिएको छ ।

पेशागत बीमा समाज बिर्तामोड (आइपीएस) सँगको सहकार्यमा पूर्वाञ्चल दैनिकले सञ्चारकर्मीकोे बीमा गरेको हो ।

पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले बताए ।

आइपीएसका अध्यक्ष सन्तोष उप्रेतीलाई एक कार्यक्रमकावीच पूर्वाञ्चलका प्रधान सम्पादक गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालले बीमाका लागि १०१ सञ्चारकर्मीकोे विवरणसहित रकम प्रदान गरेका थिए ।

आईपीएसका अध्यक्ष उप्रेतीका अनुसार बीमा एक लाख रुपैयाँको हुनेछ । बीमा गरिएका सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए एकलाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । बीमा भएको १४ दिनपछि मात्र दाबी लागू हुने बताइएको छ ।

जिल्लाका अग्रज तथा पछिल्लो पुस्ताका सक्रिय सञ्चारकर्मीहरुको बीमा गरिएको छ । पूर्वाञ्चलले कोरोना महामारीकावीच सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्लाका सञ्चारकर्मीको सुरक्षालाई मध्यनजर गरी बीमा गरिएको जनाएको छ ।

आईपीइसले पूर्वाञ्चलसँग यस कार्यमा सहकार्य गरेकोमा अध्यक्ष उप्रेतीसहित सिंगो टिमलाई कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारीले धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य रेजीना रोदन, नेपाल पत्रकार महासंघ झापा शाखाका सहसचिव केशव भट्टराई, आइपीएसका अध्यक्ष उप्रेती लगायतले बोलेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु रमेश तिवारी, सन्तोष शर्मा, अनिल ढुंगाना, सुरेन्द्र भण्डारी, नरेन्द्र ढकाल, तुलसीप्रसाद निरौला लगायतको सहभागिता थियो ।

त्यस्तै कार्यक्रममा आईपीएसको तर्फबाट अध्यक्ष उप्रेती, सचिव चन्द्रप्रकाश बाँस्कोटा, कोषाध्यक्ष गणेश मगर, सदस्यहरु दीपक पोखरेल, प्रशान्त राजवंशी, सुमन विष्ट, सुशील थापा लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: