पूर्वीद्वारको धाइजनमा तेस्रो सेवा कार्यालय स्थापना

  प्रकाशित मिति
३ पुष २०७७, शुक्रबार १९:००


मेचीनगर, ३ पुस । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको धाइजनमा तेस्रो सेवा कार्यालय स्थापना भएको छ ।

मेचीनगर–१४ का वडा अध्यक्ष शंखर पोखरेलको प्रमुख आतिथ्यतामा आज धाइजन सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन भएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पोखरेल, समाजसेवी बाबुलाल सुब्बा लगायतले बोलेका थिए ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईले संस्थाको गतिविधि बारेमा प्रकाश पारेका थिए ।

तीन हजार ४४५ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १ करोड ७० लाख, १० करोड बचत छ भने ९ करोड २१ लाख ऋण लगानी र वासलात १४ करोड ४ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चेतराज विष्ट (चेतन), पूर्व उपाध्यक्ष निरज कट्टेल लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको संस्थाका व्यवस्थापक प्रलाद खड्काले जानकारी दिए ।

वि.सं.२०६३ सालमा स्थापना भएको संस्था १४औँ वर्षमा प्रवेश गरेको छ । मेचीनगर–१० स्थित धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको यसअघि पहिलो सेवा कार्यालय ज्यामिरगढी र दोस्रो गोमनसरीमा रहेको खड्काले बताए ।

कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सचिव जीतबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: